काठमाडौँ: आज बिहान जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नंको पानी ट्याङ्करले बा ७ प ८२२५ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ । ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको छ ।
नयाँ शक्तिका अभियान्ता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भारत भ्रमणमा गएका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दी खोल्ने संकेत दिइरहेको समयमा बाबुराम मुम्बइ गएका हुन् ।बाबुराम आज दिउसो जेट एयरवेजमार्फत मुम्बई उडेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले फेसबुकबाट जानकारी दिएका छन् ।बाबुराम भट्टराई दिल्ली जाने कार्यक्रम नभएको बताइएको छ । उनी मुम्बईमा शनिवार विश्व बैंकले आयोजना गरेको नेपाल-भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुनेछन् । उनीसँग त्यहाँ भारतका उच्च नेतृत्वको भेटघाट हुन सक्ने अनुमान गरिएको छ ।
संविधान संसोधन तथा सीमाङ्कनको मुद्धालाई देखाएर नाकाबन्दी खोल्ने संकेत दिएको भारतले परराष्ट्रमन्त्री कमल थापासँग भने हिन्दु राष्ट्र पुनर्स्थापनाको शर्त राखेको राप्रपा नेपालबाटै खुलासा भएको छ । हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि कदम चाले जारी नाकाबन्दी सहज हुने शर्त भारतले निजी वार्तामा राखेको हो ।कमल थापाले धार्मिक कुटनीति मार्फत नाकाबन्दी खुलाउने रणनीति अख्तियार गरेको समयमा भारतले पनि धार्मिक समाधान नै अघि सारेको बताइएको छ । हिन्दुवादी कमल थापासँग हिन्दु वादी नै भनेर चिनिएको भारतीय जनता पार्टीको मोदी सरकारले हिन्दु राष्ट्र पुनर्स्थापनाको शर्त राखेको श्रोतको दावी छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग पनि नेपालबाट जवर्जस्ती हिन्दु राष्ट्र हटाइएकोप्रति भारत दुःखी रहेको बताएकी थिइन् ।
यसका लागि अरु नेतालाई मनाउने आफ्नो प्रयास रहने कमल थापाले भारतलाई विश्वस्त तुल्याएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतको मागलाई अस्वीकार नगरेको श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र शेर बहादुर देउवाको भारत भ्रमणको समयमा यो कुरा स्पष्टरुपमा राखिएको भन्दै भारतबाट आफूलाई हिन्दु राष्ट्रको शर्त आएको जानकारी नेताहरुलाई दिएसकेका छन् ।भारतले तत्कालै हिन्दु राष्ट्र नै पुनर्स्थापित गर्न कठिन भए त्यसका लागि वातावरण बनाउन भारतको लविङ शुरु भएको छ । अहिले संविधान संसोधन र सीमाङ्कनको विषयमा नै कुरा मिलेको देखाउने तर केही समय पछि अलि मत्थरिएको समयमा भने हिन्दु राष्ट्रको एजेण्डालाई पुनर्स्थापित गर्ने शर्त भारतको तर्फबाट लिएर कमल थापा दिल्लीबाट फर्किएको बताइएको छ ।
यसका लागि अरु नेतालाई मनाउने आफ्नो प्रयास रहने कमल थापाले भारतलाई विश्वस्त तुल्याएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतको मागलाई अस्वीकार नगरेको श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र शेर बहादुर देउवाको भारत भ्रमणको समयमा यो कुरा स्पष्टरुपमा राखिएको भन्दै भारतबाट आफूलाई हिन्दु राष्ट्रको शर्त आएको जानकारी नेताहरुलाई दिएसकेका छन् ।
काठमाडाैं-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी अोली नेतृत्वको सरकारई ‘काउण्टर’ गर्न भारतको दिल्ली जाने बताएका छन्। सरकारका प्रतिनिधि भारत गएर उल्टो–सुल्टो कुरा गरेर भ्रमित पार्ने काम गरेका भन्दै ‘कन्फ्युजन क्लियर’ गर्न भारत जानुपर्ने देखिएको उनले बताए।‘सरकारका मान्छेहरू बारम्बार दिल्ली धाउन हुने, हामी जान नहुने?’ महताेले प्रश्न गरे ‘हामी त झन् दिल्लीकै मान्छे भन्दै प्रचार गरिएको छ, किन नजाने दिल्ली?’ उनले मधेस अान्दोलनबारे भारतसँग निरन्तर छलफल र सम्पर्क कायम रहेको स्विकार्दै भारत भ्रमणमा जनु ठूलाे कुरा नरहेको बताए।
‘भोली घाइतेहरू भेट्न भारतको सीतामढी जादैछु,’ महतोले नागरिकन्युजसँग टेलिफोनमा भने ‘सीतामढी हुँदै दिल्ली पनि पुग्न सक्छु।’ उनले सरकारका तर्फबाट भ्रम दिने काम भएको भन्दै त्यो प्रष्ट्याउन दिल्ली जानुपर्ने बताए। अाइतबार मोर्चाका नेताहरू दिल्ली जानेबारे छलफल भएको बताएपनि उनले को को जाने र दिल्लीमा कोसँग भेट्ने भन्नेबारे खुलाएनन्। ‘सबैकुरा तय भएपछि थाह पाउनुहुन्छ, अहिले नै सबैकुराको जानकारी अाइसकेकाे छैन।’
मधेस अान्दोलनबारे सरकारले भ्रम छर्न खोजेकोले विश्व समुदायलाई यथार्थ बताउनुपर्ने महतोको भनाइ छ। ‘हामीले जेनेभा पनि प्रतिनिधि पठायाैं, हाम्रा कुरा राख्न विश्वका जुनसुकै देशमा हामी पुग्छाैं,’ महतोले भने ‘अावश्यक परे चीन पनि जान्छाैं।’भारतको अाडमा अान्दोलन भएको प्रचारप्रति उनको टिप्पणी थियो ‘हामी त भारतबाट ढुंगा हान्ने, भारतमै खाना खाने मान्छे भारतमा गएर सहयाेग माग्न के अप्ठेरो भो र ?’
वार्ता नाटक हो, अान्दोलन चर्किन्छ
महतोले सरकार वार्ताको नाटक गर्दै बर्बर दमनमा उत्रिएको अारोप लगाए। वार्ता देखाएर भ्रम छर्ने र अान्दोलनमा दमन गर्ने सरकारको रवैयाले वार्ता सफल नहुने उनले बताए। ‘अाजको वार्तामा के हुन्छ ?’ नागरिकन्युजको प्रश्नमा महतोले भने ‘कहाँ छ वार्ता? चिया खाने गफ पनि वार्ता हुन्छ?’ उनले थपे ‘काठमाडाैंका मिडियाले चियाको कपमा तुफान ल्याउँछन्, निर्णायक वार्ता भन्या छ लेख्या छ, उनैले जानुन के हो निर्णायक वार्ता?’ महतोले अगाडी भने ‘सरकारले हाम्रो माग सुनेकै छैन, यो भन्दा कडा अन्दोलन हुन्छ, अान्दोलनको विकल्प छैन।’ उनले सरकार गम्भीर नभएका कारण तत्काल अान्दोलन नरोकिने र वार्ता नमिल्ने बताए। माग सम्बोधन भए मात्रै अान्दोलन रोकिने महतोको भनाइ छ।

नेपालमा माथि नाकाबन्दी गरेर खोल्ने संकेत दिने तर नखोल्ने गरेर ढाँटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई मात्र नभएर भारतलाई नै झुक्याएको खुलासा भएको छ ।प्रधानमन्त्री मोदीले बाढीग्रस्त तामिलनाडुको हवाइ अवलोकन गरेको भन्दै एक सरकारी सञ्चार माध्यमले प्रकाशित गरेका तस्विर नै फोटोशप गरिएका र झुटा रहेको खुलासा भएपछि भारतीय मिडियामा हंगामा भएको हो । मोदीले बाढीग्रस्त क्षेत्रको हवाइ अवलोकन गरेको दावी सहित सरकारी सञ्चार माध्यम द प्रेस इन्फर्मेसन ब्यूरोले उक्त मोदीले विमानबाट बाढीग्रस्त क्षेत्र अवलोकन गरेको जस्तो देखिने तस्विर प्रकाशित गरेको थियो ।तर त्यो तस्विर केही समय पछि डिलिट गरेर हटाइयो भने सामाजिक सञ्जालमा उक्त समाचारको ब्यापक आलोचना भयो ।अहिले पनि ती तस्विर सामाजिक सञ्जाल भाइरल बनेका छन् ।
काठमाडाैं-बालुवाटारमा तय गरिएको वार्तामा मधेसी मोर्चा सहभागी नभएपछि वार्ता स्थगित गरिएको छ। प्रमुख तीनदलको बैठक जारी रहँदा मोर्चा नेताहरू बालुवाटार अाउने र वार्ता हुने अपेक्षा गरिएको थियो। तर मोर्चाको तर्फबाट अाज वार्तामा अाउन भ्याएनाैं भन्ने खबर पाएको एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बताए।
नयाँ दिल्ली, मंसिर १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको घोषणा गरेको छ ।आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको हो ।भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गएको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।’ (एजेन्सी)
फोटो :वीरगन्जको मितेरी पुलमा बिहिबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र भारतीय नागरिकबीच भिडन्त हुँदै। तस्बिर: राससपर्सा: वीरगन्जको मितेरी पुलमा बिहीरबार बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ।गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षबीच झडप भएको हो। 
काठमाण्डाै १७ मंसिर/ (फाइल तस्विर) झण्डै तीन महिनादेखि मधेशमा मोर्चाबन्दी गर्दै आएकाहरुको भात‐पानी र आतेजाते खर्च कसरी चल्दैछ होला ? उठेका जिज्ञासालाई संबोधन गर्ने काम हालसम्म कसैबाट भएको छैन तर महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो १‐१ करोड, महेन्द्र रायले चाहिं ५० लाख मात्र खर्च पाएको पृष्ठभुमीमा थप नयाँ आशंका ती दलहरुबीच पनि सिर्जना भएको छ ।प्राप्त जानकारी अनुसार पारीका दाताहरुसँग राजेन्द्रले छुट्टै डिल गरेर अलग्गै थप रकम हात पारेका सूचना चुहिएपछि मधेशी दलहरुबीचको असन्तुष्टि चुलिंदो छ । रौतहटमा उपेन्द्रकै पार्टीभित्र विवाद चर्किएको छ भने वीरगञ्जमा फोरमले खासै पृथक र असरदार गतिविधी देखाउन नसक्दा पनि त्यहीं बढी खर्च भएको हिसाब आएपछि चुलिएको असन्तुष्टि साम्य हुन सकेको छैन ।

भारतले नाकाबन्दी लगायतका कुराको समाधानका लागि नेपालले आन्तरिक मामिला मिलाउनु पर्ने कुरा दोहोर्याएको छ ।दिल्लीमा रहेका परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुरानै भनाइ दोहोर्याएको जानकारी विदेशमन्त्रालयका प्रवक्ता विकाश श्वरुपले जानकारी दिएका छन् ।कमल थापासँगको भेटमा भारतले कुनै नाकाबन्दी नगरेको र अहिलेको आपुर्ति समस्या नेपालमा रहेको तनावका कारण भएको भनाइ दोहोर्याएपछि परराष्ट्रमन्त्री कमल थापाको यस पटकको भारत भ्रमण पनि पुरानै कुरा सुन्नेमा सीमित रहेको देखिएको छ ।

सम्माननीय राष्ट्रपतिज्यू,
पाँच बर्षदेखि न्यायको खोजीमा भौंतारिइरहेकी महिलाको नमस्कार ।

मेरो घर तेह्रथुम जिल्लाको मोराहाङ–५ र माइती झापा हो । म राजनीतिक पृष्ठभूमि भएकी महिला हुँ । पञ्चायतकालीन समयमा म झापा जिल्लामा विद्यार्थी राजनीतिमा सक्रिय थिएँ । पञ्चायतविरोधी राजनीतिमा होमिएर मैले भूमिगत जीवन पनि भोगें । त्यसै आधारमा प्रजातन्त्रको पुनर्बहालीपश्चात सरकारले राजनीति पीडितको रूपमा क्षतिपूर्तिसमेत दिएको थियो । मेरो श्रीमान विश्वनाथ गौतमको पनि पृष्ठभूमि राजनीतिक नै हो । उहाँ शिक्षासेवी पनि हो । तर उहाँलाई राज्यले अन्यायपूर्ण ढंगले पाँच बर्षदेखि नख्खु जेलमा थुनिरहेको छ । यो अन्यायको फेहरिस्तबारे जानकारी गराउन यहाँलाई पत्र लेखेकी हुँ ।
हामी जिल्लामा सामान्य हिसाबले जीवन चलाइरहेका थियौं । तर माओवादी द्वन्द्वकालमा उत्पन्न समस्याका कारण हामी गृहजिल्ला छोडेर राजधानी आउन बाध्य भयौं । राजधानी आएसँगै जीविकाका लागि मेरो श्रीमानले जागिर खान थाल्नुभयो । जागिरकै सिलसिलामा उहाँ युनिटी लाइफ इन्टरनेशनलमा पुग्नुभयो । त्यहाँ उहाँलाई निर्देशक पदमा पचास हजार तलब बुझ्ने गरी नियुक्त गरियो । तर उहाँले जागिर खाएको छ महिनामै कम्पनीलाई सरकारले प्रतिबन्ध लगायो । त्यसको केही समयपछि नै कम्पनीका संस्थापक सञ्चालकका साथै उहाँको समेत नाम ‘मस्ट वान्टेड’को सूचीमा राखेर सार्वजनिक गरियो ।

‘एउटा कम्पनी गैरकानूनी ढंगले स्थापना भएको छ भने त्यसको संस्थापक सञ्चालकलाई कारबाही गर्नुपर्ने हो, मेरो नाम कसरी आयो’ भनेर उहाँ छक्क पर्नुभयो । हामी परिवार पनि छक्क प¥यौं । संयोगवश त्यो सूचना सार्वजनिक हुँदा हामी एउटा विवाहमा गएको थियौं । त्यसबेला हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि साथै हुनुहुन्थ्यो । मेरो श्रीमानले उहाँलाई पनि यो कुरा भन्नुभयो । उहाँले भन्नुभयो, ‘नआत्तिनुस् । तपाईंको संलग्नता नै छैन भने कसरी कारबाही हुन्छ ? धैर्य गर्नुहोस् । मिल्छ ।’
तर प्रक्रिया अघि बढेछ । उहाँलाई देशमा विभिन्न सातवटा जिल्लामा अवैध वित्तिय तथा बैंकिङ कारोबार, राजश्व चुहावट, ठगीलगायतका मुद्दा हालिएको रहेछ । ललितपुरले पहिलोपटक उहाँलाई सजायको फैसला सुनायो । र, उहाँलाई ०६८ साल असार २१ गते पक्राउ गरियो ।
उहाँलाई पक्राउ गरेपछि म स्तब्ध भएँ । त्यसपछि म उहाँलाई कसरी र के कारण मुद्दा चलाइयो भन्ने बुझ्न थालेँ ।
बुझ्दै जाँदा थाहा भयो, सरकारले युनिटीबारे छानविन गर्न राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक राममणि दुवाडीको संयोजकत्वमा समिति बनाएको रहेछ । छानविन समितिले कम्पनी संस्थापक सञ्चालकमा मेरो श्रीमान विश्वनाथ गौतम पनि हो भनेर प्रतिवेदन बुझाएको रहेछ । तर मेरो श्रीमान त त्यहाँ कर्मचारीको रूपमा मात्रै काम गर्न जानुभएको थियो ।
अदालतमा पनि मेरो श्रीमानले त्यही कुरा राख्नुभएको थियो । प्रतिवेदनबाहेकका प्रमाणले पनि त्यही बोलेको थियो । फैसला भने सजायको भयो । मैले पछि फैसला गर्ने न्यायाधिशलाई भेटेर सोधेँ, ‘न्यायाधिशज्यू, हजुरले फैसाला त सुनाइसक्नुभयो । दोषी पनि ठहराइसक्नुभयो । तर हजुरको ब्रम्हले विश्वनाथ गौतम यो कम्पनीको संस्थापन सञ्चालक नै हो भनेर भन्न सक्नुहुन्छ ? आत्मा साक्षी राखेर भन्नुहोस् त ?’ उहाँले दुई हात जोडेर भन्नुभयो, ‘यसमा मलाई थप लज्जित नगर्नुहोस् न बहिनी । जीवनमा मैले ठूलो भूल गरें । मैले उहाँको प्रमाण राम्ररी हेर्न सकिनँ । मलाई अरू केही समस्याहरू आउ । तर म छिटोभन्दा छिटो तपाईंले न्याय पाएको हेर्न चाहन्छु । पुनरावेदन जानुहोस् ।’
मैले फेरि सोधें, ‘तपाईंको कलमले कसैको जीवन बर्बाद हुन्छ भन्ने कुरा बिर्सन केले बाध्य पार्यो तपाईंलाई ?’ उहाँले भन्नुभयो, ‘त्यसो नभन्नुहोस् । अब जे हुनु भइगयो । बरू तपाईंको नम्बर दिनुहोस् । म सहयोग गर्छु ।’
उहाँको त्यस्तो अभिव्यक्तिले मलाई झन् छक्क पा¥यो । त्यसपछि म अरू थप प्रमाण जुटाउनतिर लागें । विभिन्न निकायको ढोका ढक्ढक्याएँ । कम्पनीको सञ्चालकको रूपमा उल्लेख भएको होइन भन्ने प्रमाण जुटाउन कम्पनी रजिस्ट्रार कार्यालय पुगें । त्यहाँ कम्पनीको नियमावली र प्रबन्धपत्र प्राप्त गरेँ । त्यसमा उहाँको नाम उल्लेख थिएन । त्यहाँ भन्नुभयो, ‘कारबाही चलाउनुपर्ने यही कागजातको आधारमा हो । यसमा उल्लेख छ भने कारबाही हुन्छ । छैन भने हुँदैन । तपाईं यही आधारमा अघि बढ्नुहोस् ।’
त्यसको केही समयपछि कम्पनी रजिस्ट्रार कार्यालयले पनि युनिटीविरूद्ध मुद्दा चलायो । जसमा मेरो श्रीमानको नाम थिएन । उहाँ त्यसको संस्थापक सञ्चालक होइन भन्ने त्यो पनि ठूलो प्रमाण थियो । कम्पनीको बैठकको निर्णय माइन्युटमा पनि उहाँको नाम कतै उल्लेख थिएन । त्यो पनि बलियो प्रमाण भयो ।
यिनै बलिया प्रमाणसहित हामीले पुनरावेदन पनि गर्यौँ । तर मुद्दा अघि बढेको छैन । उहाँ जेलको जेलमै हुनुहुन्छ । सात वटा जिल्लामा मुद्दा चलेकोमा दुई वटाले सजायको फैसला गरेको छ । तीन वटाले सफाइ दिएको छ । दुई वटामा मुद्दा नै अघि बढेको छैन ।
सम्पूर्ण प्रमाणले दोषी होइन भन्ने प्रमाणित हुँदा पनि अदालतले न्याय दिलाउन नसकेपछि मैले राज्यका विभिन्न निकाय र त्यसका प्रमुखका ढोका ढक्ढक्याउन थालें । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटें । उहाँले सम्पूर्ण प्रमाण हेरेर मेरो कुरा सुनेपछि वकिल गोपाल घिमिरेलाई बोलाएर भन्नुभयो, ‘बहिनीमाथि अन्याय भएको महसुस मैले गरेको छु । उहाँको डकुमेन्ट हेरेर न्याय दिलाउने काम गर्नुस् ।’ उहाँले मलाई मुद्दा फिर्ताको अनुरोध गर्न भन्नुभयो । कारागारमार्फत मुद्दा फिर्ताको निवेदन हालें ।
प्रधानमन्त्री कार्यालयबाट मुद्दा फिर्ताको चिठी गृहमा पठाइयो । मैले तत्कालीन गृहमन्त्री वामदेव गौतमसँग पनि अनुरोध गरें । उहाँले छिटोभन्दा छिटो न्याय दिन्छु भन्ने आश्वासन दिनुभयो । तर उहाँको आश्वासन पनि आश्वासनमात्रै भयो । पछि उहाँलाई भेट्दा भन्नुभयो, ‘मैले सकिनँ ।’
प्रधानमन्त्री कार्यालयबाट मुद्दा फिर्ताको चिठी गृहमा पठाइयो । मैले तत्कालीन गृहमन्त्री वामदेव गौतमसँग पनि अनुरोध गरें । उहाँले छिटोभन्दा छिटो न्याय दिन्छु भन्ने आश्वासन दिनुभयो ।
तर उहाँको आश्वासन पनि आश्वासनमात्रै भयो । पछि उहाँलाई भेट्दा भन्नुभयो, ‘मैले सकिनँ ।’ एउटा गृहमन्त्रीले नसक्ने कुरा के हुन्छ भनेर उहाँलाई मैले प्रश्न गरें । उहाँले कानूनी अड्चन देखाउनुभयो । तर पनि मुद्दा फिर्ताको लागि महान्याधिवक्ताको कार्यालयमा चिठी पठाइदिनुभयो । प्रधानमन्त्रीले पनि महान्याधिवक्तालाई भन्नुभयो, ‘म यस्तो अन्याय खप्न सक्दिनँ ।’
तर महान्याधिवक्ताले कानूनी अड्चन देखाउँदै गृहमा पत्र पठाउनुभयो । मैले महान्याधिवक्तालाई फेरि भेटें । उहाँले वकिलहरूको बैठक नै बोलाएर भन्नुभयो, ‘यो देशमा यसरी अत्याचार नहोस् । युनिटीले धेरै मानिस तड्पिएका छन् । विश्वनाथ गौतम र उहाँको परिवार त्यसै गरी तड्पिरहेका छन् । तपाईंहरूले पूरा प्रमाण नहेरी मुद्दा नचलाइदिनुस् ।’
उहाँले त्यसो त भन्नुभयो तर मलाई न्याय कसरी मिल्छ भन्नेचाहिँ कुरा भएन । मैले यही कुरा राखेँ । उहाँले कानूनी अड्चनकै कुरा गर्नुभयो । र, निर्दोष मानिस फसेमा निकाल्ने उपायको लागि सुझाव लेखेरर पठाइदिनुभयो । त्यो मैले हालका उप–प्रधानमन्त्री सिपी मैनालीलाई पनि देखाएँ । उहाँले पनि थप सुझाव दिनुभयो ।
त्यसैबेला सरकार परिवर्तनको कुरा चलिरहेको थियो । मैले हालका प्रधानमन्त्री केपी ओलीलाई भेटें । उहाँले भन्नुभयो, ‘ठिकै छ यो सरकारले गरेन । अब एक महिनामा म प्रधानमन्त्री बन्दैछु । त्यसपछि यो मुद्दा सल्टाउँला ।’
तर उहाँ प्रधानमन्त्री बनेपछि पनि काम भएन । दसैंअघि उहाँलाई भेटेकी थिएँ । उहाँले दसैंतिहारपछि भन्नुभएको थियो । तर तिहार बितेको पनि यत्रो समय भइसक्यो । केही पनि काम भएको छैन ।
यसरी म पाँच बर्षदेखि श्रीमानलाई न्याय दिलाउन भौंतारिरहेको छु । हाम्रो परिवारलाई अन्यायमात्रै होइन, अत्याचार नै भएको छ । राज्यले एउटा निर्दोष मुद्दा लगाइ फसाएर निकाल्नचाहिँ कानून छैन भन्न कसरी मिल्छ ? राज्यले एउटा नागरिकलाई यसरी फसाउन कसरी सक्छ ? आमाले आफूले पाएको बच्चा हो भन्दैमा मार्न पाउँछिन् ? मेरो प्रश्नको उत्तर किन कसैले दिन सकिरहेको छैन ? के नेपालमा अब सत्यको हार हुन थालेको हो ?
यदि राज्यले विश्वनाथ गौतमलाई कम्पनीको संस्थापक सञ्चालक प्रमाणित गर्छ भने हामी थप सजाय भोग्न पनि तयार छौं । सक्दैन भने किन न्याय पाइँदैन ?
म यही प्रश्न सोध्दै राज्यका सबै निकायमा पुगें । सबैतिर सहानुभूति र आश्वासनमात्रै पाएँ । तर न्याय पाउन सकिनँ । त्यसैले यहाँको ढोका पत्रमार्फत ढक्ढक्याएकी छु । यहाँ पनि महिला नै भएको कारण एउटा महिलाको वेदनालाई गहिरोगरी बुझ्नुहुनेछ भन्ने आशा छ । पूर्वमन्त्री कृपासुर शेर्पाकी पत्नी धनमाया दर्नाल र उनका छोरालाई न्याय दिलाउन यहाँले आफ्नो पार्टीमा खेलेको भूमिका मैले पढन पाएकी थिएँ । यस्तै अर्की पीडित महिलाको पक्षमा पनि यहाँले न्यायका लागि सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छ । मैले यहाँमार्फत न्यायको अन्तिम आशा गरेकी छु ।
धन्यवाद !
दीपा अधिकारी गौतम

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ ।बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।
नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन । त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो । आजको नयाँ पत्रिकामा खबर छ ।
देशमा इन्धनको हाहाकार हुँदा इन्धनको मुख्य आपुर्तिकर्ता नेपाल आयल निगमको ब्यवहार भने शंकास्पद देखिएको छ । नेपाल आयल निगमका अधिकारीहरुकै निर्देशनमा बजारमा कालोबजारी गर्नका लागि इन्धन वितरण हुने गरेको प्रहरीको पछिल्लो कारबाहीबाट देखिएको छ ।रुपन्देही प्रहरीको सक्रियतामा भएको अनुसन्धानका क्रममा नेपाल आयल निगमका उच्च अधिकारी नै पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको पुष्टी भएको हो ।
भलवारी डिपो प्रमुखले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको निर्देशनमा पठाएको ट्याङ्कर रुपन्देही प्रहरी र प्रशासनको सक्रियतामा बर्दघाटमा नियन्त्रणमा लिइएपछि आयल निगमको कालो नियत छरपष्ट हुने संकेत देखिएको छ । नेपाल आयल निगम भलवारीका क्षेत्रीय प्रमुख दिनेश यादवको सक्रियतामा बिहीवार बेलुका सोझै काठमाण्डौको एक निजी पम्पलाई पठाइएको एक ट्याङ्कर अर्थात् १२ हजार लिटर डिजल नवलपरासीको बर्दघाटमा नियन्त्रणमा लिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले जिल्ला आपूर्ति समितिलाई थाहै नदिई एक टेकंर तेल काठमाण्डौ पठाएको जानकारी प्राप्त भएपछि नबलपरासीबाट फिर्ता ल्याई अनुसन्धान शुरु गरेको जानकारी दिए । अनियमित ढंगबाट तेल पठाउन लागेको थाहा पाएपछि नियन्त्रणमा लिएको प्रहरी निरिक्षक केदारराज पन्तले जानकारी दिए ।यसैगरी आयल निगमका क्षेत्रीय प्रमुख दिनेश यादवले बिहीवार नै ना २ ख ५९५२ नम्बरको टेकंरमा पर्बतका ३ वटा पम्पमा १२ हजार डिजल सोझै पठाएको निगमका कर्मचारीले वताए । यसैगरी पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसिएसनले भलवारी डिपोबाट तेल बितरणमा चलखेल गरेको भन्दै प्रमुख यादवलाई कारबाहीको माग गरेका थिए ।
लुम्बिनी अञ्चल सहित ११ जिल्लाका करीब ३ सय पम्पका व्यवसायीले आयल निगमबाट समानुपातिक रुपमा तेल प्राप्त गर्न नसकेको गुनासो गर्दै आएका छन् । रुपन्देहीमा अहिले पनि १३ लाख भन्दा बढी लिटर तेल स्टक रहेको भए पनि यसको परिमाण बारे प्रमुखले केही पनि बताउन चाहेनन् ।
मन्त्रीको चेतावनी
विहीबार मात्र राजधानीमा पत्रकार सम्मेलन गरेर कालोबजारीमा सरकारी कर्मचारी संलग्न रहेको पाहिएमा कडा कारवाही गरिने बताइसकेका छन् । यस अघि उनले इन्धन संकटको बेला फाइदा उठाउँदै आयल निगममा घोटाला गर्न खोजिएको र आफूलाई झुक्काएर करोडौंको खेल भैरहेको संकेत समेत गरेका थिए । कालोबजारी बारे छानविन गर्न आपुर्ती मन्त्रालय र प्रधानमन्त्री कार्यालय स्तरमै छानविन समिति गठन भैसकेका छन् ।
गोपाल खड्काको दादागिरी
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् । एमाओवादीमा आपुर्ति मन्त्री पुनलाई असयोग गर्दै करोडौं कुम्ल्याउन खोजेको आरोप लागिसकेका उनले आपुर्तीमन्त्रीलाई असयोग गरिरहेको निगम भित्रका कर्मचारी नै बताउँछन् । आफूलाई आपुर्ति मन्त्रीले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले समेत छुन नसक्ने भन्दै आफु मातहतका कर्मचारीलाई धम्काउने गरेको समेत श्रोतले बतायो ।
यस अघि उनको समेत लगानी रहेको बिराटनगरको बिराट पेट्रोलियमलाई देशलाई ठूलो नोक्सानी गर्ने गरि इन्धन ल्याउनका लागि दिएको टेण्डर रोक्न परेपछि पेट्रोल सकिएको भन्दै पत्रकार सम्मेलन गरेका गोपाल खड्काले अहिले आएर भएको इन्धनलाई कालोबजारीमा परिचालन गरिरहेको प्रमाण भेटिएको छ । भारतसँगको बलियो लबिङ भएका मानिएका गोपाल खड्कासँग बिराट आयलमा अर्का एक भारतीय ब्यापारी समेत साझेदार रहेको बताइन्छ । निहुँ खोजे अख्तियारको प्रयोग गर्ने भन्दै उनले घुमाउरो चेतावनी समेत दिने गरेको बताइन्छ ।
बिराटलाई ठेक्का दिएमा भारतबाट जसरी पनि इन्धन ल्याउन सक्ने दावी गरेका गोपाल खड्काले चीनबाट इन्धन ल्याउन आनाकानी गर्दै विभिन्न अडचन थापेपछि आपुर्तिमन्त्री पुनले चीन गएर आफै डिल गरेका थिए । संकटमा समाधान खोज्न लागि परेका मन्त्री पुनलाई गोपाल खड्काकै कारण विभिन्न झन्झटको सामना गर्न परिरहेको मन्त्री पुन निकट एक नेताले हेडलाइन्सलाई जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरु भारतको बाटो हुँदै नेपाल आएको बताएका छन् । दक्षिणी भुटानबाट बलपूर्वक लखेटिएका नेपाली भाषी भुटानीलाई नेपाल सरकारले मानवताका आधारमा शरण दिएको उनले बताए ।तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत एक लाख भुटानी शरणार्थीलाई विश्वका आठ मुलुकमा सफलतापूर्वक पुनर्वास गरिएको सन्दर्भमा यहाँस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
झण्डै अढाइ दशकदेखि नेपालले झेल्दै आएको भुटानी शरणार्थी समस्या र त्यसको समाधान गर्न विश्व समुदायले गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका करिब १८ हजार शरणार्थीलाई पनि सोही कार्यक्रमअन्तर्गत पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
‘हामी भूटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ, यो साझा समस्या भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सरकार तत्पर छ’, शरणार्थी पनि विश्व परिवारका सदस्य भएको उनले बताए ।
भुटानी शरणार्थीलाई ससम्मान घर फर्काउन धेरै चरणमा भूटान सरकारसँग वार्ता भएको तर त्यसले कहिल्यै निकास नपाएपछि आफू उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुँदा तेस्रो मुलुक पुनर्वासको नयाँ सोचका साथ अन्तर्राष्ट्रिय जगतसँग छलफल चलाएको स्मरण गर्दै उनले त्यसैको परिणामस्वरुप आज एक लाख शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित हुन सकेको उल्लेख गरे ।
नेपालका लागि अमेरिकी राजदूत र अष्ट्रेलियाली राजदूत क्रमशः अलाइना टेपलिट्ज र ग्लेन ह्वाइटले एक लाख शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन सक्नु ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार अमेरिकाले ८४ हजार ५००, क्यानाडाले छ हजार ५००, अष्ट्रेलियाले पाँच हजार ५५४, न्युजिल्याण्डले एक हजार दुई, डेनमार्कले आठ सय ७४, नर्वेले पाँच सय ६६, बेलायतले तीनसय ५८ र नेदरल्यान्डस्ले तीनसय २७ जनालाई पुनर्वास गराएका छन्। रासस
मंसिर ४, २०७२- बिहीबार साँझ एक्कासी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनौपचारिक निरीक्षण गर्नका लागि त्यहाँ पुग्दा कसैलाई केही खबर गरिएको थिएन ।मन्त्रीको निरीक्षण हुने सूत्रबाट थाहा भएपछि मेरो यात्रा हतारमा उतै सोझियो विमानस्थलका कुनै पनि कर्मचारीलाई मन्त्रीको निरीक्षण बारे सुइँको थिएन । त्यसैले हामी ८ बजे त्यहाँ पुग्दा उनीहरु सबै आफ्नै सुरमा मस्त थिए । मन्त्रीको अवलोकन प्रस्थान कक्षबाट सुरु भयो । अन्य समयमा भन्दा भीड केही कमै थियो । मन्त्री पोखरेलले प्रस्थान कक्षमा फारम भरिरहेका केहीसँग भलाकुसारीसमेत गरे । उनी को हुन् र किन प्रश्न गरिरहेका छन् भनेर यात्रुहरुमा कौतुहल थियो । तर, त्यहाँ कुनै गुनासो भने सुनिएन । त्यसपछि मन्त्री पोखरेलले अध्यागमनका कर्मचारीसँग कुराकानी गरे । रातिको समयमा गगल्स लाएर काउन्टरमा बसेकी एक महिला कर्मचारीसँग उनले त्यसको कारण सोधेका थिए ।

अध्यागमन कटेर प्रतिक्षास्थलमा पुगेपछि भने उनी त्यहाँको भिड देखेर केही झस्किए । ब्रिफिङ गरिरहेका डीआईजीले उनलाई धेरै फ्लाइट भएको समयमा उभिन पनि मुस्किल हुने जानकारी दिएका थिए । कायस्थले नै प्रतिक्षालयको एसीदेखि फ्यानसम्म सबै बिग्रिएको जानकारी दिएका थिए । मन्त्री पोखरेलले प्रतिक्षालयमा रहेको शौचालयको पनि निरीक्षण गरे । ‘यहाँको शौचालय साह्रै फोहोर हुन्छ भन्ने सुनेको छु,’ मन्त्री पोखरेलले यति भनेपछि डीआईजीले उनलाई शौचालय देखाउन लगे ।
यात्रु प्रतिक्षालयपछि विमान ट्याक्सी एरियातर्फ मन्त्री अघि बढे । ट्याक्सी एरिया निकै अँध्यारो देखेपछि उनले यसको सुरक्षा संवेदनशीलता बारे सोधे । त्यसपछि हामी विमानस्थलको रनवे तल रहेको ब्यागेज ह्याडिलिङ क्षेत्रतर्फ लाग्यौं । यात्रुहरुको ब्यागेज कसरी ह्ल्यान्डलिङ गरिन्छ भन्ने निरीक्षण गरेपछि उनले तस्करीलाई रोक्न अपनाइएका प्रणालीहरुबारे प्रश्न गरे । सँगै उनले यात्रुहरुको ब्यागेजबाट सामान चोरी हुने गुनासोको बारेमा पनि सोधखोज गरे ।
ब्यागेज ह्यान्डलिङलाई नजिकबाट नियालेपछि हामी आगमनकक्ष तर्फ लाग्यौं । आगमन कक्ष पुरै सुनसान थियो । त्यहाँका अध्यागमनका कर्मचारीहरु फेसबुक चलाउन र गफ गर्न मस्त थिए । ‘हामी आउने थाहा पाएको भए के यिनीहरु यस्तै गरि बस्थे,’ मन्त्री पोखरेलले यसोभन्दा डीआईजी मुसुक्क हाँसे मात्रै । त्यहाँबाट हामी विमानस्थलको कार्यालयतर्फ लाग्यौं ।
कार्यालयस्थलमा रहेको सीसीटीभी मनिटर रुमको निरीक्षणको बेलामा मन्त्री पोखरेलले कुनै क्यामरा धमिलो र कुनै सफा हुनुको कारण सोधे । यस्तै विमानस्थलको पसल क्षेत्रको कसरी निगरानी गरिएको छ त्यसको बारेमा पनि सोधेका थिए । र, त्यहाँ कार्यरत अफिसरलाई देखाउन भने । त्यहाँबाट बाहिर निस्किएर यात्रुको लगेज लिने ठाउँ पुग्दा झोलै झोलाको थुप्रो देखेर उनी आश्चर्यमा परे । ‘यत्रो झोला यहाँ किन ?’ उनले भने । ‘हजुर नाकाबन्दीका कारण, प्लेनले धेरै फ्युल बोकेर आउँछन् ।
तर सामान पछि ल्याउँछन् । कतिको त दस दिनपछि सामान आउँछ,’ कायस्थले भने, ‘त्यसैले लिन कोही नआएका सामानहरु थुप्रेका हुन् । अझ दिउँसो झन् धेरै हुन्छ ।’ त्यहाँको पनि निरीक्षण गरेपछि मन्त्री पोखरेलले भीआईपीकक्षको निरिक्षण गरे । त्यहाँ त्रिभुवन विमानस्थालका डिउटी ईञ्चार्ज भानुभक्त कोइराला र दीपक ओझासँग पनि उनले केहीबेर छलफल गरे ।
मन्त्री पोखरेलले विशेष गरेर विमानस्थलमा कर्मचारीको क्रियाकलाप, सरसफाई र यात्रुले पाउने दु:खका बारे सकेसम्म धेरै जानकारी लिने प्रयास गरेका थिए । उनले एयरपोर्ट ट्याक्सीको बारेमा पनि सोधखोज गरेका थिए । तर, डिउटी इञ्चार्जले आफू नयाँ भएकोले धेरै कुरा थाह नभएको बताएका थिए । उनका अनुसार यो अनौपचारिक निरीक्षण कहाँ के छ भनेर जान्नका लागि मात्र हो । ‘आफैंले हेरेर थाहा नभएसम्म अरुलाई के भन्ने भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘अहिले यस्तो उस्तो भनेर प्रचार गर्नु ठीक हुँदैन । मैले देखेका कुरालाई सुधार गर्न के गर्नुपर्छ त्यो गर्ने छु अनि सबैले थाहा पाएको राम्रो ।’ आजको ईकान्तीपुरबाट।
रौतहट: चुरेभावर राष्ट्रिय एकता पाटीले मधेशी मोर्चाका नेता तथा सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महत्तोलाई भावर प्रदेशमा प्रवेश निषेध गरेको जनाएको छ । नेता महत्तोले साम्प्रदायिक दंगा फैलाउन खोजेको , नेपाली जनतालाई एक आपसमा जुधाउन खोजेको आरोप लगाउदै त्यस्ता नेताहरुलाई भावर प्रदेशमा प्रवेश गर्न नदिने निर्णय गरेको चुरेभावर राष्ट्रिय एकता पाटीका केन्द्रिय अध्यक्ष बद्री न्यौपानेले बताएका छन् । 
सीमांकनप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको तीन महिना पुगेको छ । यसबीचमा आन्दोलनकारी दलहरुले खर्चको जोहो कसरी गरे र त्यसको हिसाबकिताब के छ त ? भन्ने गम्भीर प्रश्न बाहिर मात्रै होइन आन्तरिक रुपमा समेत उठ्न थालेका छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।मोर्चामा आबद्ध नेताहरुले जसले जता भेट्यो त्यसै पैसा उठाउने र आफैंले झ्वाम पार्न थालेपछि नेतृत्व पंक्तिमै मनमुटावको अवस्था सिर्जना भएको मोर्चा सम्बद्ध स्रोतले बताएको छ । मोर्चाले गरेको आन्दोलनलाई कारण देखाउँदै भारतले दुई महिनादेखि अघोषित नाकाबन्दी कायमै राख्दा जनजीवन थप कष्टकर बन्न पुगेको छ । तर मोर्चा र सरकारको अडान यथावत् भएकोले अझै सहमति कायम हुन सकेको छैन । तीन महिना लामो आन्दोलनको क्रममा ४६ जनाको मृत्यु भएको छ ।