ट्युसन पढिरहेका दुई किशोरीमाथि एसिड प्रहार (फोटो फिचरसहित)

काठमाडौं, फाल्गुन १० - वसन्तपुरमा ट्युसन पढिरहेका दुई किशोरीमाथि आइतबार बिहान एसिड प्रहार भएको छ । वसन्तपुर झोंछेस्थित ट्युसन सेन्टरमा शिक्षक आउन ढिला भएपछि आफैं पढिरहेका किशोरीमाथि एसिड प्रहार भएको हो । तीमध्ये रामेछाप खनियापानीकी संगीता मगरको अवस्था चिन्ताजनक छ । रौतहटकी सीमा बस्नेतको अवस्था सामान्य छ । उनी बीर अस्पतालमा उपचाररत छिन् । संगीता मगरको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 'मास्टर (शिक्षक) आउन ढिला भएपछि मेरी छोरीसँगै तीन जना पढिरहेका रहेछन्,' संगीताका बाबुले ईकान्तिपुरसित भने, 'ढोका फोडेर पसेका केटाहरुले एसिड हानेर भागेछन् ।' केएमसीमा पुर्‍याइएकी संगीताको उपचारमा चिकित्सकले ढिला गरेका छन् । उनको जिउमा कम्बल बेरिएको छ । घटना भएको पाँच घण्टासम्म पनि उपचारको तरखर गरिएन । दुवै किशोरी शान्ति निकुञ्ज स्कुलमा पढ्छन् । पीडित परिवारका अनुसार एसिड हानिएका युवतीको उद्दारमा प्रहरीसमेत पुगेन । एसिड खन्याएकी संगीता बिरुप लिएर घर पुगेकी थिइन् । 'मैले घरमै पानी खन्याएँ,' उनका बाबुले भने, 'छोरी आत्तिंदै घर आएकी थिई ।' तस्बिरहरुः निमेषजङ्ग राई/ईकान्तिपुर

0 comments

Write Down Your Responses