सरकारको निर्णय अदुरदर्शी र अपरिपक्कः एमाओवादी

काठमाडौं, फागुन १२–एमाओवादीले बाराको सिमरा र आसपासका क्षेत्रहरुमा भएको प्रदर्शनमा दमन भएको भन्दै विरोध गरेको छ । एमाओवादीले एक विज्ञप्ती जारी गर्दै प्रशाननिक निकाय सिमरामा नसार्ने सरकारले निर्णय गरेपछि भएको प्रदर्शनमा बर्बर प्रहरी दमन भएको भन्दै विरोध जनाएको हो । केही दिनदेखि बाराको सिमरा र आसपासका क्षेत्रहरुमा सरकारले जनताको प्रतिरोधमा गरेको बर्बर दमनको हाम्रो पार्टी एकीकृत ने.क.पा. (माओवादी) घोर निन्दा एवम् भत्र्सना गर्दछ ’, विज्ञप्तीमा भनिएको छ, ‘ सरकारले खारेज गरेको निर्णयको विरुद्धमा जनताको प्रतिरोधमा जनताका घरघरमा पसेर आक्रमण गर्ने र सञ्चार माध्यमा पसेर सञ्चार उपकरण तोडफोड गर्ने सम्मको स्वेत आतंकप्रति आपत्ति प्रकट गर्दछ ।
उसले यस्तो परिणाम निम्तनुमा सरकारको अदुरदर्शी, अपरिपक्क र असन्तुतित निर्णयको फल भएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।
उसले हरेक निर्वाचन क्षेत्रमा एक सेवा केन्द्र बनाई लागू गरेमा सन्तुलित र परिपक्क निर्णय हुने भन्दै आफ्नो पार्टीको माग पनि सोहि रहेको भन्दै आन्दोलनमा समर्थन रहेको जनाएको छ ।

0 comments

Write Down Your Responses