बाबुराम भट्टराईले ठूलो गल्ती गरे, उनको अभियान सफल हुँदैन : रायमाझी (भिडियो सहित)

काठमाडौं, १८ कार्तिक – एमाओवादी पार्टी परित्याग गरि नयाँशक्ति निर्माणको अभियानमा रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँशक्ति निर्माण अभियान पूर्ण रुपमा असफल हुने एमाओवादी सचिव समेत रहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको दावी छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा सहभागी हुँदै रायमाझीले नयाँ शक्ति निर्माणको नाममा बाबुराम भट्टराईले ठूलो गल्ती गरेको बताएका छन् । अहिलेको अवस्थामा त्यस्तो शक्ति नेपालमा नयाँ शक्ति बन्ने सम्भावना र आधार नरहेको उनको भनाई छ ।

पार्टी छाडेर जाँदैमा नयाँ शक्ति नबन्ने भन्दै उनले एमाओवादीलाई रुपान्तरित गरेर नयाँ शक्तिसहितको पार्टी बनाउनु पर्ने धारणा राखे । एमाओवादीबाट अहिलेसम्म पाँच समूह बाहिरिसकेकोको भन्दै रायमाझाीले बाबुराम भट्टराईको हल्लाले कुनै फरक नपर्ने दाबी समेत गरेका छन् ।

पार्टीमा असन्तुष्टी राखेका ४५ जना सम्पर्कमा रहेको र त्यसमध्ये ८० प्रतिशत एमाओवादीमै र्फकने उनले दावी छ । रायमाझीले ४५ जनाले पार्टीमा राजीनामा नदिएको फरक मत मात्रै राखेको बताए । सबै आफ्नो सम्पर्कमा रहेको र उनीहरुले पार्टी नछाड्ने उनको दावी छ ।





0 comments

Write Down Your Responses