ट्रकसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१८प २९६० नंको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

0 comments

Write Down Your Responses