भक्कानिँदै प्रचण्डले भने– मधेश छुट्टै स्वतन्त्र देशको माग गर्नु आत्मघाती र राष्ट्रघाती हो

काठमाडौं, २७ भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठ वर्ष चक्रव्यूमा बसेको भन्दै अब संविधान जारी हुने बताएका छन् । आइतबार बसेको संविधानसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान जारी भएपछि परिवर्तन नचाहानेहरु आपत्तिएको टिप्पणी गरे । अध्यक्ष प्रचण्ड विभिन्न देशको तुतलना गर्दै नेपाललाई थप भुमरीबाट जोगाउन अब संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।

संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थहरु पनि जगमगाएको भन्दै अध्यक्ष प्रचण्डले संविधानसभालाई असफल बनाउने खेल पनि भइरहेका छन् । नेपाल र नेपाली जनतालाई असफल बनाउन विदेशी शक्ति लागि परेको भन्दै उनले नेपाली सचेत हुनु पर्ने बताए । देशलाई दुर्घटनाबाट जोगाउन कतिपय जायज मागहरु अहिले पूरा गर्न नसकिएको उनको भनाइ छ ।

मधेशवादी नेताहरुले मधेश छुट्टै स्वतन्त्र देशको माग गर्नु आत्मघाती र राष्ट्रघाती भएको प्रचण्डले बताए । आँशुु झार्दै उनले काठमाडौंसँग छुट्टिन होइन अंश खोज्न उनले सुझाव दिए । सम्बोधनको अन्त्यतिर प्रचण्ड निकै भक्कानिएका थिए ।

0 comments

Write Down Your Responses