राजा आऊ देश बचाऊ भन्दै राजावादीहरु सडकमा

राजा आउ देश बचाउ भन्ने नारा लगाउँदै बिहीबार विराटनगरमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल विद्धत परिषद् मोरङको आयोजनामा राजसंस्था स्थापना हुनुपर्ने, हिन्दु अधिकाराज्य नेपाल हुनुपर्ने, अखण्ड नेपाल हुनु पर्ने र राजासँग भएको सम्झौता लागू हुनुपर्ने लगायतका माग राख्दै राजावादीहरुले जुुलुस निकालेर प्रदर्शन गरेका हुन् ।प्रदर्शन हुने जानकारी अगाडिनै पाएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । जुलुसमा अधिकांश मधेसी समुदायको सहभागिता रहेको थियो ।





परिषद्का मोरङ अध्यक्ष पुष्पराज दाहालका अनुसार शनिहाटबाट सुरु भएको जुलुस मेनरोड, गोल्छा चौक, जलजला चौक, गुद्री चौक हुँदै महेन्द्र चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै दाहालले जनआन्दोलन प्रश्चात पूनस्थाना भएको प्रतिनिधी सभाले राजासँग गरेको सम्झौता लागू हुनु पर्ने माग गरे ।उनले जनआन्दोलन प्रश्चात प्रतिनिधी सभा स्थापना गरेर राजसंस्थाको उत्तराधिकारी संसदले तोकेको व्यक्ति हुने भनेर त्यतिबेला राजा र प्रतिनिधी सभाबीच सम्झौता भएको बताए ।कोणसभामा बोल्दै परिषद्का पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले देश र जनतालाई विषम परिस्थितिमा असहज अवस्था र अन्धकारमा रुमल्याउने काम दलका नेताहरुबाट भइरहेको बताए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses