प्रचण्डको प्रतिवेदन भन्छ- १ वर्ष भित्र पार्टी एक नम्बर बन्छ!

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि ६ टुक्रामा विभाजित भएपनि पार्टीलाई एक नम्बर बनाउने गरी राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गरेका छन् ।वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधर झण्डै दुई दर्जन नेताहरु पार्टीबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा प्रचण्डले पार्टीलाई एक नम्बर बनाउने राजनीतिक र सांगठानिक प्रतिवदन पेश गरेका हुन् ।





अध्यक्षले प्रतिवेदन पेश गरेपछि छलफल सुरु भएको एक केन्द्रीय सदस्यले भने, प्रचण्डले प्रत्येक बैठकमा पेश गर्ने राजनीतिक र सांगठनानिक प्रतिवेदन निकै राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको कार्यभार र कार्यदिशाको बीचमा छलफल सुरु भएको छ । प्रचण्डले बैठकमा राजनीतिक र संगठनात्म विषयमा लिखित प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले नयाँ संविधान कार्यान्वयन, मधेस आन्दोनलको समाधान, मोहन वैद्यसंग पार्टी एकताको प्रक्रिया र पार्टीलाई पुर्नसंरचना गर्ने विषयमा केन्द्रीत भएर प्रतिवेदन पेश गरिरहेको छन् ।प्रचण्डको प्रतिवेदनले जनसंघर्षका कार्यक्रम, संगठनात्मक कार्यशैली र नयाँ ढंगले पुनर्गठनको आधारका लागि बहस उठान गर्ने गरी प्रतिवेदनमा उल्लेख गरेको ती केन्द्रीय सदस्यले बताए ।

0 comments

Write Down Your Responses