मालद्वीपका पूर्व राष्ट्रपति आतङ्कवादको अभियोगमा पक्राउ

मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदले तीन वर्ष अगाडि आफू पदमा रहेको समयमा एक न्यायाधीशलाई गैरकानुनी रूपमा पक्राउ गरेको आरोपमा उहाँलाई आतङ्क नियन्त्रण कानुनअनुसार प्रहरीले आइतबार पक्राउ गरेको छ । नसिद मुलुकका प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति हुन र उनलाई यस मुलुकको राजधानी मालेमा हिरासतमा राखिएको जानकारी प्रहरीले दिएको छ । उनी सन् २००८ मा शासनमा आएपछि र प्रहरी तथा सेनाले उनीविरुद्ध विद्रोह गरेपछि चार वर्षपछि पदबाट हटे । नसिदलाई दिइएको पक्राउ आदेशमा उनलाई मुलुक छोडन पनि प्रतिबन्ध लगाइएको छ । नसिदले सन् २०१२ को जनवरीमा तत्कालिन फौजदारी अदालतका मुख्य न्यायाधीश अब्दुल्लाह मोहमदलाई पक्राउ गर्न आदेश दिएका थिए र गत साता सरकारी वकिलले उनले आफ्नो पदको दुरूपयोग गरेको भन्ने अभियोग हटाएका थिए । यसो भए पनि आइतबार उनलाई सोही आरोपमा कडा आतङ्क नियन्त्रण ऐन अनुसार अभियोग लगाइएको छ । न्यायाधीश मोहमदले भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । यसै मुद्दामा आफूलाई पक्राउ गर्न नदिन सन् २०१३ मा नसिदले भारतीय उच्चायोगमा शरण लिएका थिए । उनले सन् २०१३ मा भएको विवादास्पद निर्वाचनमा पूर्व शक्तिशाली व्यक्तित्व मौमुन अब्दुल गयुमका भाइसँग हारेका थिए । गयुमले तीन लाख ३० हजार सुन्नी मुसलमान बसोबास गर्ने यस मुलुकमा तीन दशकसम्म शासन गरेका थिए । रासस÷एएफपी


0 comments

Write Down Your Responses