कर्मचारी सिध्याउने दाउमा अख्तियार

सुनसरी, फागुन १२– विभिन्न कारानामीहरु गरि पूर्वमा तहल्का मच्चाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी पछिल्लो समय निकै चर्चित बन्दै गएको छ ।
पछिल्लो समय पूर्वमा कर छली गर्ने व्यापारीहरुलाई तह लगाउने निकाय आन्तरीक राजस्व कार्यालयका कर्मचारीहरुलाई समेत माग्ने बनेर अनुशन्धान सुरु गर्न थालेपछि अख्तियारले चर्चा कमाउन थालेको हो ।
पूर्वमा कर छली गर्दे व्यापारीहरुले सामानहरु ओसार्न र बिक्री बितरण गर्न थालेको जनगुनासो बढ्दै गएपछि कर छल्ने व्यापारीहरुमाथि कार्वाही गर्ने निकाय आन्तरीक राजस्व विभागका कर्मचारीहरु मौन देखीएपछि अख्तियारले सक्रियता देखाएको हो ।
अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लुराज बस्नेतका अनुसार कर छली गर्ने व्यापारीहरुदेखि आन्तरीक राजस्व बिभाग क्षेत्रीय कार्यालय इटहरीका कर्मचारीहरुलाई समेत उच्च निगरानीमा राखी अनुसन्धान सुरु गरिरहेको बताएका छन् ।
पछिल्लो समय कर छली गर्ने व्यापारीहरुको जमात पूर्वमा ह्वात्तै बढेको र उनिहरुको विषयमा कार्वाही गर्ने निकाय मौन देखिएकोले अख्तियारले सक्रियता बढाएको अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतले बताए ।
व्यापारीहरुले कर छली गरेको विषयमा उजुरी आउन थालेपछि नाम लिष्ट नै तयार पारी सुक्ष्म तरीकाबाट अनुसन्धान गरिरहेको अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतले बताए ।
सम्बन्धित व्यापारीहरुबाट सस्तो मुल्यमा सामान लिएर उपभोक्ताहरुलाई मंहगोमा बिक्री गर्दे बिलमा कमै मुल्य देखाएर व्यापारीहरुले कर छलिरहेको पाइएपछि त्यस्ता व्यापारीहरुको नाम लिस्ट तयार पारेर विस्तारै अनुसन्धान गरिएको अख्तियारका क्षेत्रिय निर्देशक बस्नेतले बताए ।
कर छली गर्ने व्यापारीहरु पूर्वमा के कति छन यकिन विवरण नआएपनि हालसम्म पूर्वको विभिन्न जिललाहरुमा गरी पाँच सय बढीको नाम लिस्ट तयार भइसकेको बताउँदै व्यापारी मात्र नभई व्यापारीहरुबाट आजीत रकम असुल्ने सम्बन्धित घर धनीहरुको समेत नाम लिस्ट तयार पार्न थालिसकेको उनले बताए ।
ब्यापारीहरुबाट ४ गुणा बढी रकम असुले राजस्व कार्यालयमा थोरै भाडा तिरेको देखाउने र कर तिर्न आनाकानी गर्ने घर धनीहरुको विषयमा समेत पछिल्लो समय उजुरी आउने क्रम जारी रहेका कारण अख्तियारले त्यस्ता घर धनीहरुको पनि नामलिस्ट तयार पार्न थालीसकेको अख्तियारका क्षेत्रीय निर्देशक डुल्ल’राज बस्नेतले बताए ।

0 comments

Write Down Your Responses