अशोक राईले स्वयम्भूको मोर्चालाई नेतृत्व गर्ने

काठमाडौं, फागुन १६– शनिबार काठमाडौंमा गरिन लागिएको एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनको बृहत आमसभामा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई स्वयम्भूको मोर्चाको नेतृत्व गर्ने भएको छ । ३० दलीय गठबन्धनद्वारा संघीय समाजवादी स्वयम्भूको भगवानपाऊबाट जुलुससहित आउने कार्यक्रम तय गरिएको हुँदा अध्यक्ष राईसहितका केन्द्रीय पदाधिकारी त्यहाँबाट खुल्लामञ्चतर्फ आउने भएका छन् ।
स्वयम्भूबाट १७ भातृसंगठन र उपत्यका बाहिरबाट आउने कार्यकर्ता ¥यालीमा सहभागी हुनेछन् । यसपछि त्यहाँबाट निस्किएको ¥याली संघीय समाजवादीसम्बद्ध नेवाः राज्य समिति, ताम्सालिङ र उपत्यकाका तीन जिल्लाका कार्यकर्तामा वसन्तपुरमा मिसिएर खुल्लामञ्चतर्फ लाग्ने कार्यक्रम तय भएको छ ।
¥यालीको आन्तरिक सुरक्षा प्रदान गर्न पाँच सय स्वयसेवक परिचालनसमेत गरिने भएको छ । संघीय युवा संघ र अग्रगामी विद्यार्थी युनियनले स्वयंसेवकको जिम्मेवारी लिएको युवा संघ अध्यक्ष सुनिल चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार भिजिलान्तेको घुसपैठ भएमा युवा संघले मैदानमै कार्वाहीसमेत गर्ने भएको छ ।

0 comments

Write Down Your Responses