विवादका कारण रोकियो भद्रगोल र जिरे खुर्सानीको प्रशारण

काठमाडौं, फागुन ११ – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका दुई हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ बन्द नभएको यसमा संलग्न व्यक्तित्वहरुको दाबी छ । सोमबार विभिन्न संचारमाध्यमहरुले ‘भद्रगोल’ र ‘मेरी बास्सै’ बन्द भएको समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै भद्रगोलका निर्देशक शंकर आचार्यले उक्त समाचारलाई अतिरञ्जित भएको बताएका छन् । उनले भने, ‘टेण्डरको प्रक्रिया अगाडि नबढेकाले कार्यक्रम केहि हप्ताको लागि मात्र बन्द भएको हो । यसैलाई आधार बनाएर कार्यक्रम सदाको लागि बन्द भएको भन्नु गलत समाचार सम्प्रेषण गर्नु हो ।’ काठमाडौं, फागुन ११ – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका दुई हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ बन्द नभएको यसमा संलग्न व्यक्तित्वहरुको दाबी छ । सोमबार विभिन्न संचारमाध्यमहरुले ‘भद्रगोल’ र ‘मेरी बास्सै’ बन्द भएको समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै भद्रगोलका निर्देशक शंकर आचार्यले उक्त समाचारलाई अतिरञ्जित भएको बताएका छन् । उनले भने, ‘टेण्डरको प्रक्रिया अगाडि नबढेकाले कार्यक्रम केहि हप्ताको लागि मात्र बन्द भएको हो । यसैलाई आधार बनाएर कार्यक्रम सदाको लागि बन्द भएको भन्नु गलत समाचार सम्प्रेषण गर्नु हो ।’ यी दुबै कार्यक्रमको प्रस्तुतीमा सहयोग गरिरहेको मिडिया हबले पनि यी दुबै कार्यक्रम केहि हप्ताको लागि मात्र स्थगीत भएको बताएको छ । मिडिया हबकी सम्झना धितालले नेपाल टेलिभिजनमा गत हप्ता प्रशारण नभएको श्रृङ्खला युट्युबमा राखिएको जानकारी दिँदै दुई/तीन हप्ता पछि पुनः सुचारु हुनसक्ने बताएकी छिन् । एनटीभिको कार्यक्रम महाशाखाले पनि कार्यक्रम केहि दिनको लागि मात्र बन्द भएको बताएको छ । कार्यक्रम अर्को हप्तासम्मको लागि मात्र स्थगीत भएको जानकारी गराउँदै टेण्डरको प्रक्रिया मिलेपछि दुबै कार्यक्रम पुनः सुचारु हुने बताएको छ । स्मरण रहोस्, केहि मिडियाहरुले दुबै श्रृङ्खलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्र्ड भिजन एड्भर्टाइजिङले सिद्धाथ बैंकबाट टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली प्रमाणित भएपछि यी दुबै कार्यक्रमहरुको प्रशारण बन्द बताएको थियो ।

0 comments

Write Down Your Responses