जातीय मोर्चाको नाममा चन्दा माग्ने पक्राउ

भक्तपुर, फागुन १२ – व्यवसायी तथा सर्वसाधरणसँग जातीय मोर्चाको नाममा जर्वजस्ती चन्दा माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
संंयुक्त जातीय मुक्ती मोर्चा नामको भुमिगत संगठन ताम्सालिङ्ग इन्चार्ज रवि भनिने सिन्धुपाल्चोक पाङताङ्ग – ९ को २२ वर्षीय फिरोज तामाङलाई महानगरीय प्रहरी वृत ठिमीले मङगबार सार्वजनिक गरेको हो ।
मध्यपुर– ३ बोडे नयाँ बस्ती रबिन्द्र झाको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बारम्चीको धनबहादुर लामाकी श्रीमती कुमारी लामासँग चन्दा माग्ने क्रममा विवाद सिर्जना भएको खबर पश्चात फिरोजलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको वृतका प्रमुख प्रहरीनायव उपरिक्षक भिम किरण बोगटीले जानकारी दिएका छन् ।
कुमारी लामासँग ७० हजार मागेपछि विवाद भएको र यसै क्रममा स्थानीयले घेराहाली कुटपिट गरेर प्रहरीलाई खबर गरेका थिए ।काठमाडौंको जोरपाटीमा भतिजसँग बस्दै आएका फिरोज दावा भनिने व्यक्तिले आफुलाई ताम्सालिङ्ग इन्चार्ज बनाएर चन्दा माग्न लगाएको बताएका छन् ।
गाउँबाट विदेश जाने रहरले शहर छिरेका दावाले पैसा कमाउने लोभ देखाएकाले आफु उक्त मोर्चामा सामेल भएको बयान प्रहरी समक्ष दिएका छन् ।
चन्दा माग्ने क्रममा फिरोजले धनबहादुर लामा, प्रताप विष्ट, बराल पेट्रोल पम्प, निलबाराही आयल स्टोरलगायतका व्यवसायीलाईसँग चन्दा माग्न तयार पारेको पत्रसमेत बरामद गरेको छ ।
प्रहरीले तामाङको साथबाट रसिद २९ थान, चन्दा मागपत्र ९ थान, संयुक्त जातीय मुक्ती मोार्चको छाप १ थान, विभिन्न रङ्गको पर्चा ३० थान, घोषणपत्र ३ थान र मोवाइल २ थानसमेत बरामद गरेको छ ।
अन्य व्यक्तिहरुकोबारेमा अनुसन्धान भइरहेको र फिरोज तामाङलाई चन्दा ऐन २०३० अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको वृतका प्रमुख प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।

0 comments

Write Down Your Responses