श्रीमानलाई ब्युटी पालर जान्छु भन्दै ढाँटी यौन धन्दा

बुटवल - देवदह खैरेनीकी २४ वर्षीया पूजा (नाम परिर्वतन) सापकोटा आफ्ना श्रीमानलाई पार्लरमा जागिर खान्छु भन्दै बिहान नौ बजे घरबाट हिँड्छिन् । बेलुकी पुनः घर फर्किन्छन् । श्रीमतीको राम्रै कमाई भएकाले होला उनका श्रीमान्ले उनलाई कहिल्यै चिओ गरेनन् । गरे त केवल विश्वास, आशा अनि भरोसा । त्यो पनि निरन्तर एक वर्षसम्म ।

तर, उनकी श्रीमती पूजा उनले आशा, विश्वास र भरोसा गरे अनुसार चलिनन्, व्युटीपार्लरमा जागिर पनि खाइनन् । खाइन् त जागिर एक होटलमा ग्राहक रिझाउने । ग्राहकलाई सन्तुष्टि पार्ने, अझ भनौ उनी यौनकर्मीको रूपमा काम गरिन् । आफ्नो माइत सालझन्डी बताउने पूजा बुधबार प्रहरीले होटलमा छापा मार्दा उनी भेटिइन् । तब पूजाको वास्तविकता थाहा भयो ।

पूजा यतिबेला इलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छिन् । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले धौलागिरी होटलमा छापा मार्दा एक जोडी कोठाबाट र अन्य युवती तथा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses