काठमाडौं, जेष्ठ २० - माउन्टेन एयरको हेलिकप्टर दुर्घटनाको सत्य तथ्य छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार दुर्घटना जाँच आयोग गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाद्धारा जारी विज्ञप्ती अनुसार, आयोगलाई ६० दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा तोकिएको छ । आयोगको अध्यक्षमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकेको छ । सदस्यहरुमा श्री एयरलाइन्सका वरिष्ठ पाइलट प्रमोद लामा, मनाङ्ग एयरका इन्जिनियर जनक थापा छन् । सदस्य सचिवमा मन्त्रालयका उपसचिव प्रमोद नेपाल छन् । गैर सैनिक हवाई नियमावली अनुसार गठन भएको आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
सिन्धुपाल्चोकको गुम्बा गाविसस्थित तेम्बाथानमा स्वास्थ्य शिविर र राहतको सामान पुर्याएर फर्किने क्रममा माउन्टेन एयरको हेलिकप्टर यमुनाडाडामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक सुबेक श्रेष्ठसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनास्थल राजधानीबाट ७३ किलोमिटर उत्तरपूर्वमा पर्छ ।
News Sourses:ekantipur
माउन्टेन एयर दुर्घटना छानबिन गर्न जाचबुझ आयोग गठन
0 comments
Write Down Your Responses