गोली लागेर गौशालामा राप्रपा नेपालकी नेतृको मृत्यु
गौशाला, २५ भदौ - महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हातीलेट घर भई जलेश्वर– २ मा डेरा लिएर बस्दै आएका प्राविधिक सहायक शम्भु मण्डलकी पत्नी रामशिलादेवी मण्डल रहेको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो । उनी राप्रपा नेपालकी स्थानीय नेता हुन् ।
निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शनमा उत्रेका मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको गोली लागेको हो । मण्डलको टोउकामा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । त्यसैगरी, सोही ठाउँमा स्थानीयवासी शम्भु चौधरीकी पत्नी शैलदेवी चौधरी पनि प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी छिन् । तिघ्रामा गोली लागेर वारपार भएकी चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु¥याइएको छ । रासस
0 comments
Write Down Your Responses