ओलीलाई छोडेर आफूलाई साथ दिन सुशील कोइरालाले राखेको आकर्षक प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरेको खुलासा एमाओवादी नेताहरुले गरेका छन् । संसदमा प्रधानमन्त्री पदका लागि मतदान शुरु हनै लाग्दै यस्तो खुलासा भएको हो ।ओलीलाई मतदान गर्न एमाओवादीको ह्वीप श्रोतका अनुसार कोइरालाले प्रचण्डलाई आफूलाइ साथ दिए उपराष्ट्रपति सहित सभामुख र आकर्षक मन्त्रालय दिन तयार रहेको बताएका थिए । राष्ट्रियताको सवाल भन्दै प्रचण्डले कोइरालाको प्रस्ताव ठाडै अस्वीकार गरेको नेताले दावी गरेका छन् ।कोइरालाले आफूलाई साथ दिए आगामी चुनावमा समेत एमाओवादीलाई फाइदा हुने भन्दै ओलीको साथ नदिन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले भने तीन दलबीचको सहमति टुटाएर देशको भलो नहुने भन्दै विगतको भद्र सहमति अनुसार नै अगाडी बढ्न जवाफ दिएका छन् ।सरकार बनाउने र गिराउने खेलमा मेरो कुनै चासो छैन- बाबुराम भट्टराई

0 comments
Write Down Your Responses