भारतले फेरि भन्यो- आन्तरिक झगडा मिलाउ

भारतले नाकाबन्दी लगायतका कुराको समाधानका लागि नेपालले आन्तरिक मामिला मिलाउनु पर्ने कुरा दोहोर्‍याएको छ ।दिल्लीमा रहेका परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुरानै भनाइ दोहोर्‍याएको जानकारी विदेशमन्त्रालयका प्रवक्ता विकाश श्वरुपले जानकारी दिएका छन् ।कमल थापासँगको भेटमा भारतले कुनै नाकाबन्दी नगरेको र अहिलेको आपुर्ति समस्या नेपालमा रहेको तनावका कारण भएको भनाइ दोहोर्‍याएपछि परराष्ट्रमन्त्री कमल थापाको यस पटकको भारत भ्रमण पनि पुरानै कुरा सुन्नेमा सीमित रहेको देखिएको छ ।





निजी स्तरमा भारत भ्रमणमा रहेका कमल थापाले भारतलाई नाकाबन्दी खोल्नका लागि फरक बाटोबाट दवाव दिने रणनीतिमा थिए ।धर्म गुरु श्री रवि शंकरसँग भेट्न बंगलोर पुगेका कमल थापाले रवि शंकर मार्फत नै हिन्दुवादी मोदीलाई दवाव दिने रणनीति बनाएका बताइएपनि उनको रणनीति पुनः असफल भएको देखिएको छ ।उपप्रधान तथा परराष्ट्रमन्त्री हुनासाथ भारत भ्रमणमा गएका कमल थापालाई त्यतिबेला पनि भारतले यही सन्देश दिएर फर्काइदिएको थियो ।अहिलेको भ्रमणले पनि सोही अवस्था देखाएपछि नेपालको कुटनीति पुरै असफल भएको देखिएको छ ।

0 comments

Write Down Your Responses