कमल थापासँग भारतको भित्री शर्तः हिन्दु राष्ट्र पुनर्स्थापना

संविधान संसोधन तथा सीमाङ्कनको मुद्धालाई देखाएर नाकाबन्दी खोल्ने संकेत दिएको भारतले परराष्ट्रमन्त्री कमल थापासँग भने हिन्दु राष्ट्र पुनर्स्थापनाको शर्त राखेको राप्रपा नेपालबाटै खुलासा भएको छ । हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि कदम चाले जारी नाकाबन्दी सहज हुने शर्त भारतले निजी वार्तामा राखेको हो ।कमल थापाले धार्मिक कुटनीति मार्फत नाकाबन्दी खुलाउने रणनीति अख्तियार गरेको समयमा भारतले पनि धार्मिक समाधान नै अघि सारेको बताइएको छ । हिन्दुवादी कमल थापासँग हिन्दु वादी नै भनेर चिनिएको भारतीय जनता पार्टीको मोदी सरकारले हिन्दु राष्ट्र पुनर्स्थापनाको शर्त राखेको श्रोतको दावी छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग पनि नेपालबाट जवर्जस्ती हिन्दु राष्ट्र हटाइएकोप्रति भारत दुःखी रहेको बताएकी थिइन् ।





भारतले तत्कालै हिन्दु राष्ट्र नै पुनर्स्थापित गर्न कठिन भए त्यसका लागि वातावरण बनाउन भारतको लविङ शुरु भएको छ । अहिले संविधान संसोधन र सीमाङ्कनको विषयमा नै कुरा मिलेको देखाउने तर केही समय पछि अलि मत्थरिएको समयमा भने हिन्दु राष्ट्रको एजेण्डालाई पुनर्स्थापित गर्ने शर्त भारतको तर्फबाट लिएर कमल थापा दिल्लीबाट फर्किएको बताइएको छ ।

यसका लागि अरु नेतालाई मनाउने आफ्नो प्रयास रहने कमल थापाले भारतलाई विश्वस्त तुल्याएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतको मागलाई अस्वीकार नगरेको श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र शेर बहादुर देउवाको भारत भ्रमणको समयमा यो कुरा स्पष्टरुपमा राखिएको भन्दै भारतबाट आफूलाई हिन्दु राष्ट्रको शर्त आएको जानकारी नेताहरुलाई दिएसकेका छन् ।भारतले तत्कालै हिन्दु राष्ट्र नै पुनर्स्थापित गर्न कठिन भए त्यसका लागि वातावरण बनाउन भारतको लविङ शुरु भएको छ । अहिले संविधान संसोधन र सीमाङ्कनको विषयमा नै कुरा मिलेको देखाउने तर केही समय पछि अलि मत्थरिएको समयमा भने हिन्दु राष्ट्रको एजेण्डालाई पुनर्स्थापित गर्ने शर्त भारतको तर्फबाट लिएर कमल थापा दिल्लीबाट फर्किएको बताइएको छ ।

यसका लागि अरु नेतालाई मनाउने आफ्नो प्रयास रहने कमल थापाले भारतलाई विश्वस्त तुल्याएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतको मागलाई अस्वीकार नगरेको श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र शेर बहादुर देउवाको भारत भ्रमणको समयमा यो कुरा स्पष्टरुपमा राखिएको भन्दै भारतबाट आफूलाई हिन्दु राष्ट्रको शर्त आएको जानकारी नेताहरुलाई दिएसकेका छन् ।

0 comments

Write Down Your Responses