बाबुराम भट्टराई मुम्बइ प्रस्थान

नयाँ शक्तिका अभियान्ता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भारत भ्रमणमा गएका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दी खोल्ने संकेत दिइरहेको समयमा बाबुराम मुम्बइ गएका हुन् ।बाबुराम आज दिउसो जेट एयरवेजमार्फत मुम्बई उडेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले फेसबुकबाट जानकारी दिएका छन् ।बाबुराम भट्टराई दिल्ली जाने कार्यक्रम नभएको बताइएको छ । उनी मुम्बईमा शनिवार विश्व बैंकले आयोजना गरेको नेपाल-भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुनेछन् । उनीसँग त्यहाँ भारतका उच्च नेतृत्वको भेटघाट हुन सक्ने अनुमान गरिएको छ ।


















0 comments

Write Down Your Responses