भारतलाई नै ढाँटे मोदीलेः फोटोशप गरिएका तस्विर भाइरल

नेपालमा माथि नाकाबन्दी गरेर खोल्ने संकेत दिने तर नखोल्ने गरेर ढाँटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई मात्र नभएर भारतलाई नै झुक्याएको खुलासा भएको छ ।प्रधानमन्त्री मोदीले बाढीग्रस्त तामिलनाडुको हवाइ अवलोकन गरेको भन्दै एक सरकारी सञ्चार माध्यमले प्रकाशित गरेका तस्विर नै फोटोशप गरिएका र झुटा रहेको खुलासा भएपछि भारतीय मिडियामा हंगामा भएको हो । मोदीले बाढीग्रस्त क्षेत्रको हवाइ अवलोकन गरेको दावी सहित सरकारी सञ्चार माध्यम द प्रेस इन्फर्मेसन ब्यूरोले उक्त मोदीले विमानबाट बाढीग्रस्त क्षेत्र अवलोकन गरेको जस्तो देखिने तस्विर प्रकाशित गरेको थियो ।तर त्यो तस्विर केही समय पछि डिलिट गरेर हटाइयो भने सामाजिक सञ्जालमा उक्त समाचारको ब्यापक आलोचना भयो ।अहिले पनि ती तस्विर सामाजिक सञ्जाल भाइरल बनेका छन् ।








0 comments

Write Down Your Responses