जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु :: Watch Video >>

काठमाडौँ: आज बिहान जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नंको पानी ट्याङ्करले बा ७ प ८२२५ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ । ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको छ ।







0 comments

Write Down Your Responses