पछिल्लो समयमा एक्लोपनलाई एक प्रकारको रोग पनि बताउने गरिएको छ । समाजमा हेलमेल गर्न नरुचाउने प्रायः मानिसहरुले एक्लो जीवन जीउने गरेको पाइन्छ । एक्लो जीवन बिताउनुका विभिन्न कारणहरु छन् । कतिपय मानिसहरु चोट, पीडा लगायत मानसिक कारणले एक्लो जीवनको बाटो रोजेको देखिन्छ भने केही मानिस जन्मिँदै एक्लो रमाउने स्वभाव लिएर आएका हुन्छन् । अमेरिकाको शिकागो विश्व विद्यालयले गरेको एक अध्ययन अनुसार एक्ला मानिसहरुमा अत्यधिक नकरात्मक सोच हुने गर्छ ।शिकागो विश्वविद्यालयका स्टेफेनी र जोन कासिओप्पो नाम गरेका दुई चिकित्सकले पछिल्लो पटक दुईटा अध्ययन गरेका छन् जसअन्तर्गत एक्लो दिमाग समाजका नकरात्मक गतिविधिप्रति कसरी अत्यधिक सचेत हुन्छ भन्ने दर्शाइएको छ । अध्ययन अनुसार कुनै नकरात्मक सामाजिक गतिविधि देखाउँदा एक्लो मानिसको दिमागको विद्युतीय गतिबिधि निकै तीव्र र प्रष्ट चिन्न सकिन्थ्यो ।
यसअघि वालस्ट्रिट जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार एक्ला मानिसहरु निरन्तर रुपमा सामाजिक बहिस्कारतर्फ उन्मुख भएको पाइएको थियो । यो पछिल्लो अध्ययन पनि सो अध्ययनसँग मिल्दोजुल्दो रहेको पाइएको छ । जर्नल कोर्टेक्समा प्रकाशित यस अध्ययनमा नितान्त एक्लै जीवन बिताएका ३८ मानिसहरु र एक्लो जीवन नजिउने ३२ जनालाई सहभागी गराइएको थियो अनुसन्धानकर्ताहरुले सहभागीको दिमागको विद्युतीय गतिबिधिको गहन अध्ययन गरेका थिए ।
नियमित र अर्धचेतना प्रभावमा सहभागीको दिमागले कसरी काम गर्छ भन्ने विषयमा पत्ता लगाउन परीक्षण गरिएको थियो । त्यसपछि उनीहरुलाई समाजिक र सकारात्मक तथा असामाजिक र नकरात्मक शब्दहरु दिएर उनीहरुको दिमागको अवस्थालाई परीक्षण गरिएको थियो ।
एउटा शब्दलाई ‘स्क्रिन’मा देखाउदा एक्लो मानिसको दिमाग तीनटा फरक माइक्रोस्टेट्सभित्र पुगेका थिए । दिमागका विभिन्न अंशहरुलाई एउटा निरन्तर स्वरुपमा सक्रीय बनाउँदा देखिने सापेक्षिक स्थिरताको अवधिलाई माइक्रोस्टेट्स भनिन्छ । अध्ययनमा एक्लो बस्ने मानिसहरुको दिमाग एउटा माइक्रोस्टेट्समा प्रवेश गरेको थियो जसले भिन्न स्पष्ट देखिने गरी समाजिक रुपमा नकरात्मक शब्दहरुलाई ‘रेसपोन्स’ गरेको थियो अर्थात् नकरात्मक शब्दहरुप्रति उनीहरु अत्यधिक सचेत थिए । एक्ला मानिसहरु सामाजिक रुपमा धम्कीपूर्ण र नकारात्मक असामाजिक शब्दप्रति अत्यधिक सचेत भएको देखियो । यसको अर्थ एक्ला मानिसहरुले नकरात्मक कुराहरुलाई मात्र बढी ध्यान दिएको पाइयो ।
यी अनुसन्धानकर्ताहरुले अर्को एक अध्ययन पनि गरेका थिए जहाँ १९ मानिसहरुमध्ये १० जना एक्लो जीवन जीउन बानी परेका थिए । उनीहरुलाई २८ ओटा तस्बिरहरु देखाइएको थियो । सात ओटा सामाजिक र सकारात्मक थिए भने सात ओटा सामाजिक तर नकरात्मक । त्यस्तै सात ओटा असामाजिक सकरात्मक र बाँकी ७ ओटा असामाजिक र नकारात्मक रहेका थिए । विद्युतीय गतिबिधिका लागि उनीहरुको दिमाग स्क्यान गरिएको थियो । अनुसन्धानकर्ताहरुले समाजिक धम्कीलाई अन्य सकरात्मक र सामाजिकको तुलनामा निकै छिटो प्रतिक्रया देखाएका थिए । साइकोलोजी टूडेमा प्रकाशित एउटा लेख अनुसार डा । केसीओपोले एक्लोपनबाट मुक्ति पाउने चारओटा चरणहरु पनि प्रकाश पारेका छन् जसलाई उनले इएएसई विधि भनि परिभाषित गरेका छन् ।
एक्लोपनबाट कसरी जोगिने
यदि तपाईलाई मन नपरे पनि कसैको सामाजिक निमन्त्रणालाई स्वीकार गर्नुहोस् । यदि तपाई सधैँ एक्लो हुनुभयो भने अरुसँगको सम्बन्धबाट सदा एक्लिनुहुन्छ । हामी केबल निष्क्रिय पीडित होइनौं र हाम्रो कतिपय बिचारको पनि महत्व हुन्छ भन्ने महशुस गर्नुहोस् । हाम्रा सोच, आशा र अरुप्रति देखाउने स्वाभावको एउटा अनौठो र सशक्त प्रभाव हुन सक्छ भन्ने कुरालाई सदा ध्यान दिनुहोस् ।
एक्लोपनको समाधान परिणाम मात्र होइन बरु सम्बन्धको गुणस्तर पनि हो । अर्थपूर्ण सम्बन्ध स्थापित गर्न आफ्नो जस्तो साझा बिचार भएका मानिसहरुसँग समय कटाउनुहोस् । स्वास्थ्य खबरपत्रिका
आयुर्वेद कम्पनीहरुले आफूले उत्पादन गर्ने र वितरण गर्ने आयुर्वेदिक औषधिमा अत्यावश्यकीय तत्वका रुपमा सिसा (लिड) हाल्ने गर्छन् । लिड यस्तो विषालु पदार्थ हो, जसले शरीरमा गम्भीर असर गर्छ र बढी डोज भएमा प्राणघातक पनि हुन्छ ।लिड विषालु धातुको रुपमा शताब्दिऔंदेखि चिनिँदैं आएको वस्तु हो । यो सजिलै पाउडरको रुपमा परिवर्तन गर्न सकिने नरम धातु पनि हो । आयुर्वेदका औषधिका थुप्रै मिश्रणमा लिड रहेको पाइएको छ । आयुर्वेदिक औषधिका दुई वृहत प्रकार हुन्छन् । एउटा जडिबुटीमा आधारित हुन्छन् भने अर्को धातु र खनिज पदार्थ । जडिबुटीमा धातु र खनिज पदार्थ (भष्म)लाई मिसिदा रसशास्त्रको रुपमा चिनियो । धातुमा सुन, सिसा र चाँदी प्रमुख रुपमा पर्छन् ।
लिडजस्ता धातुलाई धेरै मात्रामा मिसाउँदा मानव शरीरलाई फाइदा पुग्छ भन्ने गलत सोचाई आयुर्वेदिक औषधिका उत्पादकहरुको छ । तर, सत्य के हो भने लिडको सम्पर्कमा आउँदा असर नगर्ने त्यस्तो कुनै पनि शरीरका अंग या प्रणाली छैनन् । विशेष रुपमा यसले दिमागको वृद्धि, स्नायु, मिर्गौला, फोक्सो तथा प्रजनन प्रणालीमा क्षति पु¥याउँछन् । गर्भवती महिला सिसाको सम्पर्कमा आइन् भने त गर्भमा हुर्किरहेको शिशुको अंग विकासमा नकारात्मक असर पर्छ र समय नपुग्दै बच्चाको जन्म हुने खतरा रहन्छ ।
केही वर्षअघि न्युयोर्कको पब्लिक हेल्थ एजेन्सीले रगतमा लिडको मात्रा उच्च भएका गर्भवती महिलाका ६ केस फेला पारेको थियो । ती सबै जना दक्षिण एशियाबाट आएकाहरु थिए । उनीहरुले आफनो छालाका लागि, गर्भका लागि र हुर्किरहेको शिशुका लागि भन्दै आयुर्वेदिक औषधि लिइरहेका थिए । एजेन्सीले आफ्नो अनुसन्धानका क्रममा थुप्रै आयुर्वेदिक औषधिमा लिड रहेको फेला पारेको थियो । तिनीहरुमा, स्वर्णयुक्त, गर्भधारक योगजाम्बु्रलिन, कन्कायनबटि, लक्ष्मीविलास रस, लक्ष्मणलुहा, गर्भपलरस, महासुदर्शन, महाशक्तिरसायन, महायोगराजगुग्गलु (चाँदीसहित), प्रेग्निता, सोरिन, पिग्मेन्टो, बसन्तकुसुमाररस, बत्भीध्वानसनरस रहेका थिए । यी औषधि वैद्यनाथ, ब्यास र डाबरलगायतबाट उत्पादन भएका थिए ।
रगतमार्फत् लिड कति छ भनेर पाइन्छ । रगतमा हुने लिडको कुनै पनि परिमाण सुरक्षित छैन ।यसले बच्चाको दिमागको वृद्धिलाई क्षति पु¥याउँछ । लामोसमयसम्म लिडको सम्पर्कमा आउदा मानसिक रुपमा असर पु¥याउँछ ।
रगतमा लिडको मात्रा १० माइक्रोग्राम प्रति डेसिलिटर भएमा बालबालिकाको मानसिक वृद्धि सुस्त पार्छ, आइक्यु क्षमता घटाउँछ, सुन्ने क्षमतामा असर पार्छ । यस्तै, १० देखि २० माइक्रोग्राम प्रति डेसिलिटर भएमा स्नायु प्रणालीमा गम्भीर असर पर्छ र भिटामिन डिको उत्पादनलाई असर पार्छ । २१ देखि ५० सम्म भयो भने रक्तकोषको उत्पादन घटाउँछ, हेमोग्लोबिन सेन्थेसिसलाई घटाउँछ । ५० भन्दा माथि भयो भने गम्भीर खालको पेट दुखाई, मिर्गौला फेल हुने तथा दिमागको कोषमा क्षति पुग्ने हुन्छ । १ सय भन्दा माथि भयो भने मृत्युसम्म हुनसक्छ ।
बालबालिका र वयस्कमा ब्लडलेभल ४० वा सोभन्दा बढी माइक्रोग्राम प्रति डेसिलिटर देखियो भने मेडिकल इमर्जेन्सीको अवस्था हुन्छ र उनीहरुलाई तत्काल लिड निकाल्ने थेरापी सुरु गरिहाल्नुपर्छ ।
यद्यपि सबै खालका आयुर्वेदिक उत्पादनमा लिड हुँदैंन पनि । लाखौ मानिसले आयुर्वेदिक उत्पादनहरु उपभोग गर्छन् ।
लिडले बालबालिकाको दिमागको वृद्धिमा क्षति पु¥याउँछ र लामो समयसम्म लिडको सम्पर्कमा रहिरह्यो भने मानसिक रुपमा अपांग नै बनाउँन सक्छ । उच्च डोज प्राणघातक नै हुन सक्छ । यद्यपि पेन्ट, कस्मेटिक साधन तथा क्यान्डीका उत्पादक अथवा ग्यासोलिन प्रक्रियामा लिड तिनीहरुको फाइनल उत्पादनमा लिड असल तत्व पनि हो ।
पेन्टमा लिड मिसाउँदा त्यसले चमक दिलाउँछ । त्यसैले पेन्ट उत्पादकहरुले यसलाई सजिलै परित्याग गर्न सक्दैनन्, तर, यो कत्तिको विषालु भन्नेचाहिँ हुन्छ । त्यस्तै, सौन्दर्यसाधनहरु जस्तै, लिपिस्टिक र मस्कारा (गाजल) मा मिसावट भएको लिडले यिनीहरुलाई आकर्षक बनाउँछन् । पेट्रोलियममा मिसाइएको लिडले उच्च क्षमतामा काम गर्छ ।
आयुर्वेदक उत्पादकहरुले के विश्वास गर्छन् भने लिड मिसाउँनाले औषधिलाई समृद्ध पार्छ । तर, यसविपरित लिड मिसाउनु विष मिसाउनुजस्तै हुन्छ ।
बालबालिकाहरु सबैभन्दा बढी सम्पर्कमा आउने भनेको घरभित्र लगाउने पेन्टमार्फत् हो । त्यसैले अधिकांश देशमा घरभित्र लगाउँने पेन्टमाथि प्रतिबन्ध लगाइएको छ । २० औं शताब्दिको सुरुदेखि नै अष्ट्रेलियालगायत थुप्रै पश्चिमी युरोपेली मुलुकमा लिडयुक्त पेन्टमाथि प्रतिबन्ध लगाइएको थियो । अमेरिकामा भने सन् १९७८ पछि मात्र प्रतिबन्ध लगाइएको हो । त्यसअघि बनेका घरमा बस्ने बालबालिका भने लिडको खतरामा छन् ।
अमेरिकाको सिडिसीको लिड प्वाइजनिङ ब्रान्चकी प्रमुख डा. मारी जाँ ब्राउनले एक लेखमा भनेकी छन्, ‘लिड मिसाइएको पेन्टभन्दा लिड मिसाइएको घरेलु उपचार र औषधिको उपभोग बढी खतरनाक हुन्छ ।’ त्यसैले आयुर्वेदिक औषधिमा लिडको मिसावटबारे अनुसन्धान र विश्लेषण गर्न सरकारले अनुसन्धान टिम स्थापना गर्नुपर्छ । अर्कोतिर, लिड भएका र नभएका उत्पादनबारे जनतलाई सचेत गराउनुपर्छ ।
डा. सन्जिव सापकोटा
(डा. सापकोटा मेडिकल इमिडिमियोलोजिष्ट हुन्, उनले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फेडेरल पब्लिक हेल्थ एजेन्सीअन्तर्गत रहेर काम गरिसकेका छन् ।)
जाजरकोट, फागुन ११ – एनेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले आफू एक्लै वार्ता बिरोधी र मोर्चाका अन्य नेता चाँहि वार्ता समर्थक भन्नु गलत भएको प्रष्ट्याएका छन् । सोमबार जाजरकोटमा आयोजित एक कार्यक्रमका बिच भट्टराइले आफ्नो पार्टी र मोर्चा सबैको एकमत भएको बताउँदै आफू वार्ताकै पक्षमा रहेको तर वार्ता सार्थक वार्ता हुनु पर्ने बताएका छन् । उनी भन्छन्, ‘जनता झुक्काउने र ढाँट्ने वार्ताको पक्षमा म पनि छैन र हाम्रो मोर्चा पनि छैन ।’ ‘देशमा संविधान नभएर संविधान बनाउन लागिएको होइन, संविधान सभाबाट कस्तो संविधान बनाउने भन्ने विषयको लडाइँ हो यो, ’ उनले भने । ‘संविधान सभाको मुद्दा उठाउँदा हाम्रो टाउकोमा ५० लाख मूल्य तोक्ने यिनै नेपाली कांग्रेस/एमाले नेता हुन् । त्यसैले संविधान सभा अहिले अपहरण भएको छ, संविधान सभाबाट नेपाली जनताको पक्षमा हुने संविधान बनाउने विषयको लडाइँ हो हाम्रो, ’ आफूहरुले जनपक्षीय संविधान बनाउन चाहेको प्रस्ट पार्दै उनले भने । कांग्रेस/एमालेले सहमतीय प्रक्रिया तोडेर माघ ११ गते संविधान सभाको नियम विधि र पूर्वअभ्यास तोडेर बढाइएको बहुमतीय प्रक्रियाको औपचारिक रुपमा खारेज नभएसम्म सहमती र विश्वासको वातावरण नबन्ने पनि उनले प्रस्ट पारेका छन् । वृहत शान्ति सम्झौता र विगतका अन्दोलनकारीहरुसँग गरिएका सहमती र सम्झौता अनुरुप सहमतीमा संविधान निर्माण गर्ने गरि स्पष्ट भागमा प्रतिवद्धता आयो भने मात्र वार्ताको औपचारिक ढोका खुल्ने र सहमतीको नजिक पुग्न सकिने धारणा उनले व्यक्त गरे ।
एजेन्सी/ मानव जिवनको सबैभन्दा ठुलो सम्पति भन्नु नै उसको शरीर हो । आफ्नो शरीर स्वस्थ भय हामीहरुले सबै कुरा हासिल गर्न सक्दछौ । एक अध्ययनमा बताइए अनुसार शरीरमा १२ अप्ठे्रो लक्षण देखिएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । अध्ययनका अनुसार १२ बुँदा एकैसाथ शरीर लागू हुन थाले क्यान्सर हुने प्रवल सम्भावना हुन्छ ।
क्यान्सर भएको थाहा पाउन यी बुँदाहरु याद गर्नुहोस;
१) खाना खादा वा पानी पिउँदा निल्ने बेला गालामा लगातार समस्या आउनु,
२) गालामा सधै अप्ठेरो महसुस गर्नु । सधै खोकीरहनु ,
३) मुख वा मसलमा परिवर्तन वा छालामा नयाँ धब्बा आउनु,
४) लामो समयसम्म खोकी वा आवाजमा असजिलो तथा भारी हुनु,
५)शरीरको कुनै भागमा सानो सानो घाउँ, त्यो परिवर्तन हुनु,
६) लगातार शरीर दुख्नु,
७) मलद्धवार वा पिसाब फेर्दा हुने परिवर्तन,
८) लामो समयसम्म विना कारण खोक्दा खकार आउनु ,
९) सधै थकाई लागेको महसुस हुनु,
१०) भोक नलाग्नु र लगातार तौल घट्नु ,
११)मुख वा नाकबाट रगत आउनु ,
१२) मलद्धारा वा पिसाब फेर्दा रगत आउनु ,
यी माथी उल्लेख गरिएका लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । क्यान्सर रोग पहिलो चरणमा रहेको छ भने उपचार हुन सक्ने डाक्टरहरु बताउछन् । यसर्थ समयमै सतर्क बनौ ।

क्यान्सरका कारण श्रीमतीको निधन भएपछि नुवाकोट त्रिशुलीका कुमार अधिकारी आफुलाई पनि क्यान्सर हुन्छ कि भन्ने आशंकामा नियमित स्वास्थ्य जाँच गराउनुहुन्छ । क्यान्सरले थलिएकी श्रीमतीको मंसिर ९ गते निधन भएपछि उहाँ शोकसँगै सचेत बन्नुभएको हो ।
उहाँ जस्तै दोलखाकी पवित्रा कार्की पनि क्यान्सरबारे निकै सचेत हुनुहुन्छ । त्यसैले उहाँ नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जानुहुन्छ । तर सबैजना क्यान्सरबारे सचेत छैनन् । यस्तै मध्येमा पर्नुहुन्छ, ललितपुर ईमाडोलकी निरु थापा । क्यान्सर कसरी लाग्छ र लागेपछि के गर्नुपर्छ भन्ने बारे आफूलाई केही थाहा नभएको उहाँ बताउनुहुन्छ ।
थापा जस्तै अधिकांश अझै पनि क्यान्सरबारे अनविज्ञ छन् । रोगबारे जानकारी नहुनु, अस्वस्थ्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण नेपाल सहित विश्वभर अहिले क्यान्सरका बिरामी बढ्दै गएका छन् ।
के हो पाठेघरको क्यान्सर
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेरकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ डाक्टर रश्मी पुन गुरुङले भन्नुभयो ।
शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताउनुभयो । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने उहाँले बताउनुभयो ।
खतरा कसलाई
* शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
* गन्हाउने पानी बग्ने
* संक्रमण भैरहने
* रगत मिसिएको पानी बग्ने
* महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
* पेट फुल्ने
* खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।
यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ ।