भाँडा माझेर जम्मा गरेको पैसाले पार नलाग्ने भो उपचार

मंगलबार काठमाडौं मेडिकल कलेजमा पुग्दा चौंथो तल्लाको बेड नं ४७४ मा संगीता पुलामी पल्टिरहेकी थिइन् । एसिडको असरले कालो बनाएको उनको मुहारमा संगीताकी आमा चमेली पुलामी डाक्टरका सिफरीस अनुसारका मल्हम लगाउँदै थिइन् ।
‘नानीको बाबालाई हेडसरले बोलाएर भर्खर शान्ति निकुञ्ज हिँड्नुभयो,’ चमेलीले पहिलो वाक्य बोलिन् । हिजो साँझसम्म बोल्न नसक्ने संगीताको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको छ । ‘आजबाट अलिअलि बोल्न थालेकी छ,’ चमेलीले भनिन् ।
रामेछापको खनियापानी गाविस वडा नं ८ मा पर्ने डाँसे स्थायी घर भएकी संगीता लामो समयदेखि काठमाडौंमा अध्ययन गर्दै आएकी थिइन् । निम्न माध्यमिक तह राजधानीको झोँछेमा रहेको एक स्कुलबाट पुरा गरेकी संगीता कक्षा आठ देखि बसन्तपुरको शान्ति निकुञ्जमा अध्यनरत छिन् ।
‘आईतवार बिहान म दाँत माझ्दै थिएँ, अचानक यो रुँदै पुगिछे’ यसो भन्दै चमेलीले संगीताको मुहार नियालिन् । उनका अनुसार त्यतिबेला संगीताले भनेकी थिईन्, ‘आमा मलाई अपराधीले मुखमा एसिड हानेर भाग्यो, त्यसलाई नछाड्नु है ।’
प्रेम बहादुर पुलामी र चमेली लामो समयदेखि राजधानीमा ‘क्याटरीङ सर्भीस’ मार्फत हुने भोजहरुमा भाँडा माझेर परिवार गुजारिरहेका छन् ।

एसिड आक्रमणबाट घाईते भएकी संगीताकी आमा भन्छिन्–‘त्यो अपराधीको मुख हेर्न पाए हुन्थ्यो’

प्रकाशित मिति: 11:57:11 pm, February 24, 2015
10.1K

33

6

2

10.1K

राजेश भण्डारी
acid-attack
मंगलबार काठमाडौं मेडिकल कलेजमा पुग्दा चौंथो तल्लाको बेड नं ४७४ मा संगीता पुलामी पल्टिरहेकी थिइन् । एसिडको असरले कालो बनाएको उनको मुहारमा संगीताकी आमा चमेली पुलामी डाक्टरका सिफरीस अनुसारका मल्हम लगाउँदै थिइन् ।
‘नानीको बाबालाई हेडसरले बोलाएर भर्खर शान्ति निकुञ्ज हिँड्नुभयो,’ चमेलीले पहिलो वाक्य बोलिन् । हिजो साँझसम्म बोल्न नसक्ने संगीताको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको छ । ‘आजबाट अलिअलि बोल्न थालेकी छ,’ चमेलीले भनिन् ।
acid-mom
रामेछापको खनियापानी गाविस वडा नं ८ मा पर्ने डाँसे स्थायी घर भएकी संगीता लामो समयदेखि काठमाडौंमा अध्ययन गर्दै आएकी थिइन् । निम्न माध्यमिक तह राजधानीको झोँछेमा रहेको एक स्कुलबाट पुरा गरेकी संगीता कक्षा आठ देखि बसन्तपुरको शान्ति निकुञ्जमा अध्यनरत छिन् ।
‘आईतवार बिहान म दाँत माझ्दै थिएँ, अचानक यो रुँदै पुगिछे’ यसो भन्दै चमेलीले संगीताको मुहार नियालिन् । उनका अनुसार त्यतिबेला संगीताले भनेकी थिईन्, ‘आमा मलाई अपराधीले मुखमा एसिड हानेर भाग्यो, त्यसलाई नछाड्नु है ।’
प्रेम बहादुर पुलामी र चमेली लामो समयदेखि राजधानीमा ‘क्याटरीङ सर्भीस’ मार्फत हुने भोजहरुमा भाँडा माझेर परिवार गुजारिरहेका छन् ।
acid-mom-2
विज्ञान विषयमा निकै रुची राख्ने छात्रा संगीतालाई आईतबार सबेरै शान्ति निकुञ्जमा आफ्नी साथी सीमालाई हिसाब सिकाउने क्रममा अज्ञात युवाले एसिड हानेर भागेको थियो । ‘अरेन्ज कलरको हुड र कालो पाईन्ट लगाएको अपराधीले मलाई एसिड हानेर भाग्यो,’ संगीताको भनाई उदृत गर्दै चमेलीले भनिन् । चमेलीका अनुसार एसिड हान्ने युवाले क्याप पनि लगाएको थियो, तर कस्तो रंगको भन्नेकुरा संगीताले यादै गर्न नपाएको उनले बताइन् ।
संगीताको केटा साथी भए नभएको बारे प्रतिक्रिया दिँदै चमेलीले भनिन् ‘खै के थाहा, त्यस्तो नुहुनु पर्ने ।’ एसिड प्रहारबाट छोरी गम्भिर घाईते भएपछि प्रेम र चमेलीले क्याटरीङमा भाँडा माझेर जम्मा पारेको केही रकम र कोठा छेउका छिमेकी तथा आफन्तलाई हार गुहार गरेर ल्याएको ५० हजारमध्ये अब चार हजार मात्रै बाँकी रहेको छ । ‘हस्पिटलले कुनवेला कतिहजार डिपोजीट गर् भन्ने हो थाहै छैन,यता संगीतालाई छाडेर हिँड्नु पनि भएन’ चमेलीले आँशु पुछ्दै भनिन् । रातोपाटीसंग कुरा गर्दै चमेलीले आफ्नो छोरीमाथी एसिड प्रहार गर्ने अपराधीको मुख हेर्न मन लागेको बताइन् । उनले भनिन्, ‘मेरो छोरीले जस्तो ‘एसिडको पिडा’ अरु कसैले भोग्नु नपरोस् ।’

0 comments

Write Down Your Responses