धुम्रपान छोड्ने दौडमा शाहरुख खान

बलिउडका बादशाह भनिने शाहरुख खानले गर्ने अत्यधिक धुम्रपानले उनका हितैषी मित्रहरु, उनका प्रशंसकका साथै उनका परिवार निकै तनावमा छन् तर खुसीको कुरा के छ भने शाहरुख खान आफैँ आफ्नो यो बानीबाट छुटकारा पाउने पूर्ण कोशिसमा लागिपरेको बुझिएको छ । शाहरुखले ट्विटरमा आफ्नो एक तस्बिर पोष्ट गर्दै आफू चाँडै नै चुरोटबाट छुटकारा पाउन चाहेको बताएका छन् । शाहरुखले अत्यधिक धुम्रपान गर्ने कुरा कोहीबाट पनि लुक्न सकेको छैन । सार्वजनिक कार्यक्रममा पनि धुम्रपान गर्न पछि नपर्ने उनले यसका कारण थुप्रै आलोचना पनि खेप्नु परेको छ । अब आफ्नो यो बानी गलत भएको शाहरुख खानले महसुस गरेका छन् र त उनी आफ्नो यो बानीलाई छुटाउन प्रयाशरत छन् । उनले ट्विटरमा आफ्नो तीनवटा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘हामी चुरोट पिउनेसँग कुरा गर्दैनौँ ।’ यतिमात्र होइन शाहरुखले चुरोट छोड्न उनको अपनाएको तयारीको बारेमा पनि जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘कम्तिमा पनि १०० मिटर दौडिएको छु …’ अर्थात उनले चुरोटको लत छुटाउनका लागि जगिंग गर्न सुरु गरेको छन् ।

0 comments

Write Down Your Responses