‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ भन्दै चलचित्र ‘रोल्पा रोग’ बन्ने

रोल्पा, फागुन १२– १० वर्षको सशस्त्र युद्धबाट विश्वसामु परिचित रोल्पालाई पछिल्लो समय चलचित्रको माध्यमबाट चिनाउने क्रम चलिरहेको छ । माओवादी आन्दोलसँगै सम्बन्धित रहेर विभिन्न फिल्म तथा डकुमेन्ट्रीहरु बनिरहेको बेला रोल्पाको प्राकृतिक, धार्मिक तथा युद्ध पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यस्ता चलचित्र बन्न थालेका हुन् ।
यसैक्रममा ‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ भन्ने ट्याग लाइनसहित निर्माण थालिएको चलचित्र ‘रोल्पा रोग’ को सुटिङ चलिरहेको निर्माण पक्षले जनाएको छ । कुलदिप अधिकारी, जनक थापा र सञ्चारकर्मी शिशिर भण्डारीको अभिनय रहने उक्त चलचित्रमा दीपक वलीको निर्देशन रहनेछ । चलचित्रमा २ गीत समावेश गरिने छन् ।
जसको एउटा गीतमा शब्द, संगीत र स्वर शिशिर भण्डारीको रहनेछ । सञ्चारकर्मसँगै फिल्महरु ‘सो सिम्पल’, ‘होस्टेल’, ‘बिर्खेलाई चिन्छस्’, ‘एउटा साथी’ र ‘लभ सभ’ मा अभिनय गरिसकेका शिशिरले ‘रोल्पा रोग’को एउटा गीतमा समेत् लेखनदेखि गायनसम्मको काम आफै गर्न थालेका हुन् ।
रोल्पालाई चलचित्रको माध्यमबाट विश्वसामु चिनाउने अभियान चलिरहेकै बैला बन्न लागेको रोल्पा रोगले पनि थप इट्टा थप्ने आशा गरिएको छ ।

0 comments

Write Down Your Responses