प्रहरीसँगको झडपमा आन्दोलनकारीको औंलै चुँडियो
फोटो :प्रहरीसँगको झडपका क्रममा चुँडिएको स्थानीय भोला थापाको औंलो । तस्बिर : दिवाकर भण्डारी
बारा : मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने निर्णय खारेज गरेको भन्दै आन्दोलनमा उत्रेका एक आन्दोलनकारीको भाग्ने क्रममा औंलै चुँडिएको छ ।
सोमबार पनि आन्दोलनकारी र प्रहरीबीच बिहानैबाट घम्साघम्सी भयो । प्रसारणले जारी गरेको निषेधित क्षेत्र तोड्ने क्रममा दर्जनौ प्रदर्शनकारी र प्रहरी घाइते भए । प्रहरीसँग भएको झडपमा क्रममा घरभित्र लुक्दै गर्दा एक आन्दोलनकारीले कान्छी औंलै गुमाएका छन् ।
प्रहरीले लखेट्ने क्रममा भागेर घरभित्र लुक्न ढोका लगाउन खोज्दा च्यापिएर स्थानीय भोला थापाको कान्छी औंलो चुँडिएको हो । औंलो चुँडिएपछि थापालाई उपचारका लागि बिमानबाट काठमाडौं लगिएको छ । सोमबार पनि उनीसहित दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सिमराबासीको ९ दिनदेखिको आन्दोलन हिंसात्मक बन्दै गएको छ । केही दिनयता लगातार भएको झडपले सिमरा अस्तव्यस्त बनेको छ । ढुंगा मुडा र लाठीसहित उत्रने आन्दोलनकारीलाई प्रहरीले अश्रुग्यास र रबरका गोली बर्साइरेको छ ।
0 comments
Write Down Your Responses