प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, फागुन १२–प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको दप्रचण्डका स्वकीय–सचिव चुडामणि खड्काले जानकारी दिए । संवैधानिक परिषद्को यही फागुन १ गते बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आज परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो । भेटमा प्रधानमन्त्रीले वार्ताको प्रक्रियालाई सुचारु गर्नुपर्ने भन्दै छलफलमा आउन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले भने संविधानका विवादित विषयमा अगाडि बढाइएको प्रक्रिया खारेज गरिएपछि मात्रै वार्तामा बस्ने जवाफ दिएका थिए । ‘प्रधानमन्त्री कोइरालाले वार्ता र संवादका लागि गरेको आग्रहमा अध्यक्ष प्रचण्डले पहिला संविधानका विवादित विषयमा अगाडि बढाइएको प्रक्रिया खारेज गरेको खण्डमा मात्र सहमतिका लागि वार्तामा बस्ने स्पष्ट पार्नुभयो ’– खड्काले भने । प्रधानमन्त्रीले पटक पटक वार्तामा आउन आग्रह गर्दै आएपछि विपक्षीले भने प्रक्रिया फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान लिँदै आएको छ ।

0 comments

Write Down Your Responses