यी पहिरनका साथ प्रस्तुत भए ओस्कर अवार्डमा सेलिब्रिटी (फोटो फिचरसहित)

ओस्कार अवार्ड जति चर्चित छ त्यति नै चर्चित यसको रेड कार्पेट । सेलिब्रिटीहरुको पहिरन हेर्नका लागि मात्र पनि मानिसहरु यसको व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । कोही मानिसहरु लेडी गागाले कस्तो पहिरन लगाउने हो भन्ने मानिसहरुको झुण्ड भिन्न छ भने एकथरी मानिसको जमात जेनिफर लोपेजले लगाउने पहिरन कस्तो हुने हो भन्दै प्रतिक्षा गर्ने गर्दछन् । स्मरण रहोस्, लेडी गागाले लगाएको सेतो गाउन १६०० घण्टामा तयार गरिएको थियो जुन आफैँमा एउटा रेकर्ड नै हो । यो गाउनमा क्रिस्टल जोडिएको बताइएको छ । यहाँ हामी ओस्करको रेड कार्पेटमा कुन सेलिब्रिटीले कस्तो पहिरन लगाएका थिए भन्ने तस्बिरहरु दिइएका छन् ।
१. पप म्युजिक जगतमा सनसनी मच्चाउने गागले ओस्कर अवार्डमा जुन सेतो रङको गाउन लगाएकी छिन् त्यसलाई बनाउनमा १६०० घण्टा लागेको थियो ।
२. जेनिफर लोपेज आफ्नो लुकका कारण सधैँ चर्चामा रहने गर्दछिन् । ओस्कारमा पनि उनको यो चर्चा शिखरमा पुग्यो ।
३. एमा स्टोनको यो सुनौलो लुक उनलाई निकै सुहाएको छ ।
४. डकोटा जनसनले रातो रङको निकै साधारण गाउन निकै आकर्षक देखिएको थियो ।
५. जेनिफर एनिस्टन र एमा स्टोन एक–अर्कासँग यस्तो प्रकारले भेटेका थिए ।
६. स्कारलेट जोन्सन आफ्नो हरियो गाउन र नेकपीसमा निकै भिन्न देखिएकी थिइन् ।
७. गायिका रिटा ओराको पहिरन निकै खुल्ला थियो तर उनी यसमा निकै आकर्षक देखिएकी थिइन् ।
८. ओस्कारमा यसपटक सेतो रङको जादु देख्न पाइयो ।
९. एना फेरिस र क्रिस फ्रेटको जोडीलाई रेड कार्पेटमा निकै रुचाइएको थियो ।

,

0 comments

Write Down Your Responses