राजधानीमा सुस्त मनस्थितिकी एक किशोरीलाई प्रहरीद्वारा शौचालयमा लगेर बलात्कार

काठमाडौं, वैशाख ९– राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छिन् । काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलत्कार गरेका हुने ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी गेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे काँडाघारीमा किशोरी बलत्कार गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलत्कार गरेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरविरुद्व मुद्दा दर्ता भएको जानकारी दिए ।
उनले यस्ता घछनाले प्रहरीको शिर निहुरिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
किशोरी रोएको सुनेर दोडिदैं पुगेका स्थानीइले युनिफर्ममै रहेका प्रहरी जवानलाई नियन्त्रणमा लिई पूर्वी गेटका सेनालाई जिम्मा लगाइीदएका थिए । सेनाले प्रहरीकहाँ बुझाएको थियो । रौतहट घर भएका महर २०६४ सालमा प्रहरीमा भर्ती भएका थिए । उनका घरमा श्रीमती र दुई जना छोराछोरीसमेत छन् ।

0 comments

Write Down Your Responses