सरकारले फेरी सुरु गर्र्यो महिला घरेलु कामदार विदेश पठाउन..

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ ।
मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बनधी निर्देशिक २०७१ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला गरेको हो ।
यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।
विगतमा व्यक्तिगत तबरबाट मात्र घरेलु कामदार पठाउने गरिएकोमा अब व्यक्तिले पठाउन पाउने छैनन् ।
अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउने छन् ।
व्यक्तिगत रुपमा पठाउँदा समस्या परेमा जिम्मेवारी लिने कोही नहुने भएपछि त्यसरी पठाउन रोकीएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।

0 comments

Write Down Your Responses