दुर्घटनामा एकको मृत्यु

कावासोती, ११ वैशाख – पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल खण्डअन्तर्गत नवलपरासीको बर्दघाट–२ चिसापानीमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी गैंडाकोट–७ का ३० वर्षीय गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ८५ ९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३१० नम्बरको पिकअप जिप एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते जिपमा सवार कुमालको उपचारको क्रममा पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।

दुर्घटनामा परी जिपमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

0 comments

Write Down Your Responses