दुर्जकुमारले भने, ‘मैले तपाईंको श्रीमान्लाई ताकेको होइन, हवाई फायर मात्र गरेको हुँ ‘
झलनाथको पिएले जागिर लगाइदिए, भीमलालले ‘द्वन्द्वपीडित हौ ?’ भन्दै मन रुवाए प्रद्युम्न खड्का नापी विभागको ज्यालादारी जागिर छाडेर ट्याक्सी चलाउन थाल्नुभएको थियो । त्यो साहुको ट्याक्सी थियो । हररात ट्याक्सीको चक्का घोटेर कमाएको पैसाले हामी पालिन्थ्यौँ । मुलुकमा दोस्रो जनआन्दोलन सुरु भयो, आन्दोनलको शंखघोषसँगै उहाँले ट्याक्सी थन्क्याएर आन्दोलनको महासागरमा होमिन जानुभयो ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध १९ दिनसम्म आमनेपाली सडकमा निस्किए । त्यतिबेला को थियो होला र ! जो सडकमा नआई झ्यालबाट मात्र चियाएर बसोस् ।
आन्दोलन सुरु भएकै दिनदेखि उहाँ सडकमा जानुभएको हो । बिहानै कलंकी चोकमा पुग्नुहुन्थ्यो । र, अबेर साँझ मात्रै घर फर्कनुहुन्थ्यो । कहिलेकाहीँ दिउँसै पनि आउनुुहुन्थ्यो ।
टोलछिमेकका आफन्त र उहाँका साथीभाइ पनि हरदिन सडकमा निस्किए । त्यतिबेला स्युचाटारवासीमा म एउटै भावना पाउँथेँ, उनीहरूलाई सेलका सेल अश्रुग्यास र गोलीकै पनि प्रवाह थिएन । म सोच्थेँ, ‘जनआन्दोलन सफल भएको दिन कस्तो होला ?’
प्रद्युम्न स्युचाटारमै जन्मिनुभएको हो । ०५१ सालमा हाम्रो बिहे भएको हो ।
जनआन्दोलनमा उहाँ कलंकी चोकदेखि ढुंगाअड्डा नजिकैको सीता पेट्रोल पम्पसम्मको क्षेत्रमा बढी सक्रिय हुनुभयो । आन्दोलनमा म पनि जान्थेँ । तर, म रेगुलर जान पाइनँ । बारीमा काम गर्नुपथ्र्यो ।
जब चैत–वैशाख लाग्छ, मलाई उहाँको सम्झनाले असाध्यै सताउँछ । दुई दिनअघि मात्रै हामीले सँगै बारीमा काम गरेका थियौँ । त्यो दिन बिहान मैले भनेकी थिएँ, ‘कहिल्यै खाना खाने टाइममा घर आउनुहुन्न । आज चाँडै आउनू, सँगै खाना खानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘छोराहरूलाई खुवाऊ, तिमी खाऊ मलाई छोपेर राखीदेऊ ।’
prabha khadka (5)
मैले त्यसै गरेँ । खाना खाएर म बारीमा काम गर्न गएँ । दिउँसो उहाँ आउनुभयो र बारीमा उभिएर भन्नुभयो, ‘आऊ खाना खान जाउँ ।’ म काम गर्दै थिएँ । भनेँ, ‘टाइममा कहिल्यै आउनुहुन्न, मैले खाइसकेँ ।’ त्यसपछि उहाँ फेरि कलंकी चोकतिरै लाग्नुभएछ ।
एकछिनपछि अभिनेत्री विपना थापालगायत छिमेकी हातहातमा झन्डा लिएर कलंकी चोकतिर झरे । खाना खान आएका छिमेकी र देवरहरू भने जाने तयारीमै थिए । तर, उहाँ भने एक्लै जानुभएछ । के गर्नु, त्यस्तो हुनुपर्ने दिन !
विपना थापाहरू झन्डा बोकेर हिँडेको देखेपछि म पनि आन्दोलन हेर्न हिँडे । अरु दिनभन्दा त्यस दिन किन–किन मलाई नरमाइलो लागिरहेको थियो । सुरक्षाकर्मीको संख्या अत्यधिक बढाइएको थियो । यता, रहरलाग्दो गरी आन्दोलनमा मान्छे ओर्लिएका थिए । त्यो देख्दै आन्दोलनमा जाउँजाउँ लाग्थ्यो । मलाई त्यो आन्दोलनभन्दा पनि कुनै उत्सवजस्तो लागेको थियो ।
जब चैत–वैशाख लाग्छ, मलाई उहाँको सम्झनाले असाध्यै सताउँछ । दुई दिनअघि मात्रै हामीले सँगै बारीमा काम गरेका थियौँ । त्यो दिन बिहान मैले भनेकी थिएँ, ‘कहिल्यै खाना खाने टाइममा घर आउनुहुन्न । आज चाँडै आउनू, सँगै खाना खानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘छोराहरूलाई खुवाऊ, तिमी खाऊ मलाई छोपेर राखीदेऊ ।’
तर, सडकमा अचानक गोली चल्यो । आन्दोलनको मैदानमै रहेकी विपना थापाले सञ्चारमाध्यमलाई लाइभ अन्तर्वार्ता दिइन् । म कलंकी चोकभन्दा माथि रहेको भवानी थापाको घरबाट आन्दोलनकारीलाई हेरिरहेकी थिएँ । छतबाट देखिने ठाउँजति सबैतिर मान्छे थिए । एकछिन हेलिकोप्टर घुमेको थियो । त्यसपछि गोली पड्केको जस्तै आवाज सुनेका थियौँ ।
गोलीको आवाज मेरो कानमा परेको थियो । केहीबेरमै एउटा एम्बुलेन्स कलंककी चोकबाट ट्यांग्ला फाँट हुँदै अगाडि बढ्यो । इन्सेकले माइकिङ गरेर केही मानिसलाई गोली लाग्यो भन्दै थियो । तर नाम भनेन । त्यति नै बेला मेरा छोराहरूले मलाई घरमा जान भनेँ ।
prabha khadka (2)
छोराहरूले कर गर्न थालेपछि ४ बजेतिर हामी हिँड्यौँ । बारीमा काम गर्दागर्दै हिँडेकी थिएँ । हातखुट्टा पनि धोएकी थिइन् । घरमा नपुग्दै एकजना अंकलले सोध्नुभयो, ‘प्रद्युम्नलाई त गोली लाग्यो भन्छन् नि ?’ उहाँले त्यसो भनेपछि मेरो जिउ काँम्न थालिहाल्यो । मैले यति मात्रै भन्न सकेँ, ‘हैन होला बुबा ।’
उहाँको मीतको नाम पनि प्रद्युम्न नै थियो । मीतज्यू (प्रद्युम्न केसी) को कलंकीमा केसी स्टोर थियो । कुन प्रद्युम्नलाई गोली लाग्यो भन्ने यकिन भएन । म घर आइपुग्दा बल्ल थाहा भयो, गोली उहाँलाई नै लागेको रहेछ । थाहा पाएरै हाम्रो घरमा धेरै मान्छे जम्मा भइसकेका थिए ।
गोली लागेपछि उहाँलाई मोडल हस्पिटल लगिएछ । रात दिनको कफ्र्युले उहाँलाई मैले तुरुन्तै भेट्न पनि पाइनँ ।
७ वैशाख दिउँसो उहाँलगायत पाँचजनालाई गोली लागेको थियो । देख्नेहरू पछि भनेको सुनेँ— उहाँको शरीर पछाडिबाट गोलीले छेडेर पेटबाट निस्केको थियो रे । तर, उहाँले केही पनि नभएको जस्तो गरी पेट समात्नुभएछ ।
म रातभर घरमा छटपटाइरहेँ । भोलिपल्ट बिहान ५ बजे अस्पताल पुग्दा उहाँ बेडमा पल्टिनुभएको थियो, केही नभएकोजस्तो गरी । म हस्पिटल पुग्नासाथ उहाँले भन्नुभयो, ‘मेरो चिन्ता नगर्नू । बरु भन न क–कसलाई गोली लागेछ ?’
उहाँको बोली सुन्दा मैले सोचेकै थिइनँ, उहाँ सहिद बन्नुहुन्छ भनेर । मदनकृष्ण र हरिवंशदाइले त्यतिबेला सुरु गर्नुभएको ‘जनआन्दोलन उपचार कोष’मार्फत उहाँलाई १२ वैशाखमा भारत लगियो । तर, १६ गते उहाँ हामी र हाम्राहरूलाई छाडेर कहिल्यै नफर्कने गरी बिदा हुनुभयो ।
उहाँलाई गोली लागेको भोलिपल्टै पत्रपत्रिकाहरूमा दुर्जकुमार राईले गोली चलाउँदै गरेको फोटो आयो । सडकहरूमा ठूला–ठूला रंगीन पोस्टर बाँडिए । हामीले त्यतिबेलै यकिन गरिसकेका थियौँ । गोली दुर्जकुमार राईले नै हानेका रहेछन् भनेर ।
पछि मैले दुर्जकुमार राईलाई भेटेँ । उहाँलाई भेट्दा मेरो श्रीमानको ज्यान लिने मान्छे भन्ने लाग्यो । कस्तो–कस्तो भयो । उहाँको अगाडि म केही बोल्नै सकिनँ । मेरा आँखाबाट बर्बरी आँसु खसिरहे । मेरो रुवाई देखेर होला सायद, उहाँले भन्नुभयो, ‘तपाईंको यति धेरै क्षति भयो, तपाईंलाई ठूलो पीडा छ भन्ने कुरा मलाई थाहा छ । तपाईंको क्षति कहिल्यै केहीबाट पनि पूरा हुँदैन । तर, मैले उहाँलाई गोली चलाएको होइन । मैले हवाई फायर मात्रै गरेको हुँ । त्यो एउटा फोटोले गर्दा मेरो यत्रो बदनाम भयो ।’
prabha khadka (3)
त्यसपछि उहाँले मेरो यस्तो भयो उस्तो भयो भनेर धेरै व्याख्या गर्नुभयो । खै कसले हान्यो ? जसले हाने पनि उहाँ रहनुभएन । तर, उहाँले पेस्तोल ताक्दै गरेको फोटोले पनि हामीलाई उहाँप्रति शंका थियो । त्यो फोटो मैले पछिसम्म राखेकी थिएँ ।
आन्दोलन सफल भएपछि सरकारले हामीलाई मासिक पाँच हजार जीवननिर्वाह भत्ता दिन थालेको थियो । पछि भत्ता बढाउन हामीले आन्दोलन नै गर्नुप¥यो । अहिले ६ हजार दुई सय पुगेको छ । गणतन्त्र आएपछि हामीलाई राज्यले एकमुष्ठ दश लाख दियो ।
प्रायः बिहान सबेरै निस्कने हुनाले प्रद्युम्नसँग आन्दोलनबारे बेलुका अलिअलि कुरा हुन्थ्यो । मैले गोली चलेको चल्यै छ । तपाईं नजानुस् भन्थेँ । त्यस्तोमा उहाँ भन्नुहुन्थ्यो, ‘यत्रो आन्दोलनमा हामी नगईकन हुँदैन ।’
आन्दोलन सफल भएपछि सरकारले हामीलाई मासिक पाँच हजार जीवननिर्वाह भत्ता दिन थालेको थियो । पछि भत्ता बढाउन हामीले आन्दोलन नै गर्नुप¥यो । अहिले ६ हजार दुई सय पुगेको छ । गणतन्त्र आएपछि हामीलाई राज्यले एकमुष्ठ दश लाख दियो ।
मैले धेरै पढिनँ । ८ कक्षा पढ्दापढ्दै विवाह भयो । बिहे हुँदा १६ वर्षकी थिएँ । पछि बाबु जन्मियो । उहाँले घर थेग्नुभएकै थियो । म घरबारीमै काम गर्थें ।
उहाँ सहिद भएपछि मलाई घर चलाउन जागिर आवश्यक भयो । आयस्रोत केही नभएपछि छोराहरूका लागि पनि मैले जागिर खानैपर्ने भयो । बस्नका लागि घर छ तर खानको जोहो गर्नैपर्ने भयो ।
झलनाथ प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकार निर्मलकुमार भट्टराईले उच्चमाध्यमिक शिक्षा परिषद्का सदस्यसचिव भीमलाल गुरुङलाई भनेर जागिर लगाइदिनुभयो । मैले आफ्नो योग्यताअनुसार कार्यालय सहयोगीको जागिर त पाउँथे । मलाई कार्यालय सहयोगीमै जागिर खाने मन थियो । तर, त्यसका लागि दरबन्दी खाली हुँदा पनि भीमलाल गुरुङले मलाई मालीको जागिर दिए, त्यो पनि ज्यालादारी ।
मैले ‘कार्यालय सहयोगीमा राखिदिनुस् न सर’ भनेर पटकपटक आग्रह गरेँ । तर, उनले मानेनन् । परिषद्मा कार्यालय सहयोगीको दरबन्दी खाली रहेका बेला तत्कालीन सचिव लीलामणि पौडेलकहाँ गएर भन्न लगाएँ । पौडेल सरले भीमलाललाई फोन गरिदिनुभएछ । पछि भीमलालले मलाई अफिसमा बोलाएर थर्काउँदै भने, ‘मैले जागिर दिएको छु । अनि, अरु दुनियाँलाई भनेर पावर लगाउन खोज्ने ?’ काम गरेर खाने मान्छेलाई त्यसरी थर्काउँदा निकै चित्त दुख्यो । लाग्यो, ‘मेरो श्रीमान भइदिएको भए यस्ताको गाली खाएर काम गर्नुपर्ने थिएन ।’
फेरि भीमलालले हकार्दै भने, ‘आइन्दा त्यस्ता मान्छेलाई भन्न जाने हैन ।’
उनले मलाई ‘कहिले तिमी द्वन्द्वपीडित हौ ?’ भने । कहिले के भने । म सहिदकी श्रीमती भएको उनलाई नभएको जस्तो पनि गरे । उनको कार्यकालमा मासिक पाँच हजारका दरले मैले मालीमा काम गरेँ । एक दिन पनि बिदा पाइनँ ।
पछि चित्रलेखा यादव शिक्षामन्त्री भएपछि उहाँलाई गुनासो पोख्न पाएँ । उहाँले भीमलाललाई फोन गरेर ‘देशका लागि लड्ने सहिदको पत्नीलाई तपाईंले किन रुवाउनुभएको ?’ भन्दै मेरै अगाडि फोन गरेर भन्नुभयो । उहाँले मन्त्रालयबाटै खुलाइदिन्छु, उहाँलाई कार्यालय सहयोगीको जागिर दिनुस् भन्दा पनि भीमलालले मान्दै मानेनन् । गुरुङ हटेपछि बल्ल ज्यालादारीमै भए पनि कार्यालय सहयोगीको जागिर पाएकी छु । अहिले उच्च माध्यमिक शिक्षा परिषद्को काठमाडौं कार्यालयमा तीनमहिने करारमा छु । सरकारले मलाई कम्तीमा अस्थायीसम्म गरिदिए हुन्थ्यो ।
prabha khadka (7)
जनआन्दोलनपछि मेरा दुई छोरालाई राज्यले स्कलरसिप त दिएको छ । तर, त्यो पूर्ण छैन । देशका लागि आफ्नो ज्यान नै बलिदान दिएको परिवारप्रति राज्य उत्तरदायी हुने हो भने मासिक दुई हजार स्कलरसिपले पुग्दैन । मेरा श्रीमान्जस्तै धेरै प्रद्युम्नहरूले लडेर ल्याएको यो गणतन्त्रामक नेपालमा अब मेरा छोराले मात्रै होइन, सबै नेपाली निःशुल्क पढ्न पाउनुपर्छ ।
जनतालाई सुख–शान्ति होला, जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य पाउलान् भनेरै त आन्दोलन भएको होला नि । तर, आज खै कहाँ जनताले चयन पाएको ? उही हुनेखानेकै चयन छ । यत्तिका वर्षसम्म संविधान आएको छैन । नेता झगडा मात्रै गरिरहेका छन् । महँगी उस्तै छ । सहिदकी पत्नी भएपछि देशको अवस्थाबारे बुझ्दै गइँदो रैछ । मलाई जनआन्दोलनका घाइते, सहिद परिवारबारे चासो हुन्छ । जनआन्दोलनका घाइते मुकेश कायस्थलाई अझै निको हुन सकेको छैन ।
यता नेताहरूले संविधान दिन सकेका छैनन् । त्यत्रो ठूलो आन्दोलन राजालाई हटाउन भएको थियो । नेताहरूले नै त हो जनतालाई आन्दोलनमा बोलाएको । अझैसम्म संविधान आएको छैन । देशको राम्रो कुरा सुन्न पाए पो जनआन्दोलनका घाइते, सहिद परिवारको मनमा शान्ति मिल्थ्यो । हामीले आफन्त गुमाइसकेका छौँ त, त्यो पीडा त हामी नै थाह छ नि ।
0 comments
Write Down Your Responses