मच्छिन्द्रनाथको भोटो हरायो

ललितपुर—बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरले पुरिएको मच्छिन्द्रनाथ देवताका विभिन्न किसिमका गरगहना, गजुर र महत्वपूर्ण रुपमा लिइने भोटोसमेत पुरिएको हुँदा निकाल्ने काम जारी छ ।बुङ्मतीमा रहेको मछिन्द्रनाथको मन्दिर भूकम्पमा पूर्ण रुपमा भत्किएपछि मछिन्द्रनाथको केही सामान पुरीएका थियो। गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति तामा र केही सुनको टुक्रा भेटीसकेको भएपनि मछिन्द्रनाथको मुख्य आकषर्ण मानिने भोटो भने अहिलेसम्म पनि भेटिएको छैन।

भैरवनाथ र मछिन्द्रनाथको मन्दिर पुर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरिएका छन्। ती सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने उनले बताए।

यस वर्ष मछिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी सुरु भइसकेको थियो। भूकम्पका कारणले गर्दा ९ गतेदेखि सुरु भएको रथ जात्रा समेत स्थगित भएको छ। रथ जात्रा कहिलेबाट सुरु हुने भन्ने एकिन भने भएको छैन। रासस

0 comments

Write Down Your Responses