भूकम्पपछि मानवतस्करको आँखा प्रभावित क्षेत्रका चेलिवेटीमा

काठमाडौं, वैशाख २५ – प्रकोप आफैंमा पीडा हो । नेपालमा बैशाख १२ गते गएको महाभूकम्पले कतिको घरबास उठीबास बनायो, कतिको जीवन समाप्त भयो, कतिले आफन्त गुमाए अनि देशले ऐतिहासिका धरोहर गुमायो । अहिले यत्रतत्र असरल्ल भग्नावशेषहरुको आफ्नै गौरब थियो कुनैबेला, तर अब ती मात्र सम्झनामा मात्र बाँकी छन् ।

त्यसो त प्राकृतिक विपत्तिपछिका मुख्य समस्याहरुमा खाना, सफा पीउने पानी, आवास पर्छन् । तर पछिल्लो समय नेपालमाथि अर्को समस्या पनि थपिन सक्नेमा सरकारी संस्थाहरु सचेत गराउँछन्, उनीहरु भन्छन् – ‘महाभूकम्पपछिको अवस्थामा मानवतस्करले नेपालमाथि निशाना साँधिरहेका हुनसक्छन् ।’

बर्षेनी १२ हजार देखि १५ हजार नेपाली महिला बेचबिखनमा पर्ने युएन र सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्याङ्क छ । नेपाली महिलाहरु कति समुद«पार पु¥याइन्छन्, कति दक्षिण कोरिया त कति दक्षिण अफ्रिका पु¥याइन्छन् । तर अधिकांश महिला भारतका वेश्यालयमा पु¥याइन्छन् र त्यहाँ दशौं हजार महिलाहरु भयावह अवस्थामा काम गरिरहेका छन् ।
‘यो समयमा दलालहरुले राहतको नाउँमा महिलाहरुलाई फकाउने वा अपहरण गर्ने समस्या निम्तिन सक्छन् । महिलालाई कुनै पनि प्रलोभन देखाउनेहरुसंग सतर्क हुन मानिस परिचालन गरेका छौं ,’ शक्ति समूहकी निर्देशक सुनिता दनुवारले बताइन् ।

‘हामीले राहत र उद्धारका बहानामा महिलामाथि आँखा लगाउनेहरुमाथि निगरानी राखिरहेका छौं र उनीहरुको रिपोर्ट पनि हामीलाई आईरहेको छ’ – दनुवार थप्छिन् ।
गत वर्ष मात्र भारतको कोठीबाट उद्धार गरीएकी सिन्धुपाल्चोककी २० वर्षीया सीताले गार्जियन पत्रिकासंग कुरा गर्दै भन्छिन् उनलाई सिन्धुपाल्चोकबाट भारतीय सिमा सिलिगुढी पु¥याइएपछि वेश्यालयमा बेचियो । बारम्बारको पिटाई, यातना र बलात्कार भोगेकी सीताले एचआईभी पनि बोक्नुप¥योे ।सीतालाई नाताकै एक काकाले राम्रो जागिर र सुख पाउने आशामा बेचेका थिए । अहिलेको संवेदनशील स्थितिमा नेपालमा धेरै असाक्षर अनि गरिब महिलाले बेचिनुपर्ने अवस्था आउन सक्ने र उनीहरुले आफूले जस्तै अवस्था भोग्नुपर्नेमा सीताले सचेत गराइन् ।

सीता त एक प्रतिनिधी पात्र मात्रै हुन् भारतको वेश्यालयमा बेचिने र यौन धन्दा गर्न बाध्य पारिने । यस्ता अनगिन्ति नेपाली महिलाहरु सीमापार अनि समुद«पार बेचिन्छन्, र भोग्छन् जिन्दगीका दुस्वस्वप्नहरु तर पनि असहाय बनिरहन्छन् ।
यतिबेला सिन्धुपाल्चोकमा मात्रै करिब ३ हजार जनाले ज्यान गुमाए भने हजारौं घरबारबिहिन भए । यो समयमा महिला तस्करहरु झनै सल्बलाउने र मौकाको फाइदा उठाउन सक्ने प्रति सजग रहनुपर्नेमा सरोकारवालाहरु जोड दिन्छन् । एक स्थानिय स्वास्थ्यकर्मी रश्मिता श्रेष्ठले प्रकोपपछिको अवस्थामा महिला बेचविचनमा पर्न सक्ने जोखिम झनै बढ्ने बताउँछिन् ।

महिलाहरु विदेशमै बेचिन्ुपर्छ भन्ने छैन, उनीहरुलाई राजधानीको मसाज पार्लर अनि डान्स बारमा जबरजस्ती काम गर्न लगाइने गरेको पनि पाइएको छ । सोझा साझा महिलालाई ललाईफकाई राम्रो कामकोे बहानामा, अथवा धनी बिदेशीसंग विवाह लगायतका आश्वासनमा पनि राजधानी ल्याइने वा सीमापार पु¥याइने गरिन्छ ।

बिकासशील राष्ट्र नेपालमा महिला बेच्ने दलालहरुको संगठित सञ्जाल फैलिएको छ । नेपाल अहिले जसरी संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ, यो समयमा महिला बेचविचनका घटनाहरु बढ्न सक्छन् । झन् प्राकृतिक विपत्तिको बेलामा सहयोगको खाँचो परेको बेलामा थोरै राहत, मीठो बोली अनि सुन्दर सपनाहरु देखाएर महिला ओसार्ने दलालको कुनै कमी हुँदैन । यसतर्फ सम्पन्धित निकाय, सरोकारवाला र व्यक्ति आफैं पनि सचेत हुनुपर्छ । गार्जियनको अनलाईन संस्करणको सहयोगमा
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।

0 comments

Write Down Your Responses