भूकम्पपछि कुमारी... [फोटोफिचर]

काठमाडौ, जेष्ठ १५ - नेपालमा कुमारीलाई जीवित देवीका रुपमा पुजिने चलन छ । हिन्दु परम्परा अनुसार नेवार कुमारी बालिकालाई कुमारीका रुपमा मान्ने चलन छ । नेवार समुदायका मानिसहरुले विभिन्न चरणका छनोटका आधारमा कुमारी छान्ने परम्परा निक्कै अघिदेखि चलिआएको लामो इतिहास छ । शाक्य र बज्राचार्य कुलका नेवारहरुले विभिन्न मन्दिर पिठमा कुमारी बसाउने गर्छन् । स्मृति बज्राचार्य ललितपुर बुङमतिकी कुमारी हुन् । बज्राचार्य कुलकी यी कुमारी सात वर्षकी भइन् । स्मृति बुङमतिको जावलाखेलमा रहेको त्रिनेत्र सहकारी स्कुलमा कक्षा एकमा पढ्दै आएकी छिन् । उनलाई गत २०७१ जेठ ०५ मा कुमारीका रुपमा छनोट गरिएको हो । स्मृति वुङमति वडा न १ मा वस्ने शान्तिकर बज्राचार्य र सजिता बज्राचार्यकी छोरी हुन् । वैशाख १२ गतेको विनाशकारी भुकम्पले उनीहरुको घर पनि पुर्णरुपमा क्षति भएको छ । १२ गते नै उनीहरु घरबाट नजिकै आफन्तको घरमा बस्न गएका छन् । अब कहिले आफ्नो घरमा बस्ने भन्ने टुगो नलागेकोले के गर्ने भन्ने सोच्न समिकरहेको छैन कुमारीका बुबा शान्तिकर भन्छन् ।

यो वर्ष सहकालका देवता मानिने मच्छिन्द्रनाथको १२ वर्षे मेला परेको छ । तर, वैशाख ९ मा तान्न सुरु गरिएको मच्छिन्द्रनाथको रथ भूकम्पका कारण ललितपुरको छ्यासीकोटमा अड्किएको छ । रथ तान्दा केही मुख्य ठाउाहरुमा कुमारी पनि साथै रहने चलन छ ।



तस्विरहरु : लक्ष्मीप्रसाद ङाखुसी/ईकान्तिपुर

0 comments

Write Down Your Responses