होटल र लजमा प्रहरी पुगेपछि इटहरीको किरान पसलमै यौनधन्दा सञ्चालन

सुनसरी, चैत १ - इटहरी आसपासका होटल र लजहरुमा प्रहरीले निरन्तर निगरानी बढाएपछि किराना पसलमा नै यौन व्यवसाय चलाउन थालेको भेट्टिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीले निरन्तर होटल तथा लजहरुमा सक्रियता देखाएपछि पलायन भएका इटहरीकै यौन व्यवसायीहरु नयाँ बाटोबाट आफनो धन्दा बिस्तार गर्न थालेको पाइएको हो।

इटहरीकै ग्रामिण भेगका बस्तीहरुमा कोठा भाडामा लिई खुलेआम यौन व्यवसाय गर्दे आएका ब्यवसायीहरु त्यस क्षेत्रमा पनि प्रहरीले छापा मारी बाटो बन्द गरीदिएपछि हाल इटहरीकै किराना पसलहरुमा भित्र खाट राखी यौन धन्दा चलाउन थालेको पाइएको छ।

केही दिन अघि सुराकीको आधारमा इटहरी स्थित बसपार्कको एक किराना पसलमा छापा मार्ने क्रममा भित्र खाट र केटी राखेर ब्यवसाय चलाउन थालेको प्रत्यक्ष पाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए।

किराना पसलमा यौनधन्दा हुने गरेको व्यापक जनगुनासो बढेपछि अकसमात सिभिलमा इटहरीको बसपार्क स्थित एक किराना पसलमा सुराकीको आधारमा छापा मार्दा एक युवतीसहित किराना पसल भित्र खाट र ओछ्यान भेटीएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले बताए।

बसपार्क क्षेत्रमै सञ्चालीत केही ब्यापारी तथा किराना पसलेहरुले पनि सो पसलमा यौन ब्यापार हुने गरेको बताएपछि प्रहरीले किराना पसलका सञ्चालकलाई एक पटक चेतावनी दिएर छाडेको प्रहरीले बताएको छ।

किराना पसल भित्रै यौन व्यवसाय चलाउन थालेपछि हाल इटहरीकै संकासपद किराना पसलहरुमा प्रहरीले निगरानी बढाउन थालेको छ। श्रोतका अनुसार इटहरी र बसपार्क आसपास योनकर्मी महिलाहरु कोठा भाडामा लिई दलाल मार्फत फोनको भरमा स्थान परिवर्तन गर्दे निरन्तर यौन व्यवसाय गर्दे आइरहेका बताइएको छ। स्रोत- रातोपाटी

0 comments

Write Down Your Responses