राजधानीको लाजिम्पाटमा एक १३ बर्षिया किशोरी बलात्कृत

वैशाख - ३ काठमाडौँ,

राजधानीको लाजिम्पाटमा एक किशोरी बलात्कृत भएकी छन्। १३ वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानअनुसार अभियुक्त नीलकण्ठ महर्जनले गत चैत २१ गते बलात्कार गरेका थिए। लाजिम्पाट-२ की किशोरीलाई आफ्नै शिक्षिकाका श्रीमानले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। आरोपित महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

0 comments

Write Down Your Responses