हेलिकप्टरबाट फालेको राहत खेर

दोलखा, जेष्ठ १५ - महाभूकम्पपछि खारेबासीले पैसा उठाएर राहत सामाग्री (चामल, दाल, तेल) किने । मोटरबाटो अबरुद्ध भएकाले राहतसामाग्री भारतीय हेलिकप्टरले लगिदियो । तर, खारे गाविसस्थित सेनाको ब्यारेकमा सामाग्री झार्ने भनेर उडेको हेलिकप्टरले अर्कै गाउँको बारी, घरको आागनमा ५० मिटर माथिबाट सामान खसाली दिएपछि धेरै सामाग्री खेर गएको छ । चामलको बोरा फुटेर मकैबारीमा छरपस्ट भएको छ । तेलको पोका फुटेर बारीमै बगेको छ । सामाग्री लिएर उडेका खारे–८ निवासी निमपासाङ शेर्पाले तोकिएको ठाउामा झार्न अनुरोध गर्दा जता भन्यो त्यतै झार्न सकिदैन भनेर हकारेको दु:खेसो गरे ।

निमपासाङलगायत खारेका आङछिरिङ शेर्पा, मानबहादुर श्रेष्ठ, निमा पासाङ शेर्पा, बीरबहादुर तमाङ, शम्भुबहादुर मगर र निमा शेर्पाले करिब ३ लाख ६० हजार उठाएर किनेको सामान भारतीय हेलिकप्टरको लापरवाहीले खेर गएको हो ।

महाभूकम्पछि नाकाबन्दीजस्तै भएको खारेस्थित ७, ८ र ९ वडाका लागि उनीहरुले सामाग्री लान काठमाडौंबाट १५ हजार मोटर भाडा तिरेर चरिकोटस्थित सेनाको ब्यारेकमा लेगेका थिए । उनीहरुको अनुरोधपछि दैवि प्रकोप उद्धार समितिले उक्त सामान हेलिकप्टरमार्फत् लान तयार भएको थियो ।

गाउामा राहत सामाग्री आउने खबरपछि वडा नं. ७, ८ र ९को पायक पर्ने स्थानको ठूलो चौरमा मानिस बसेको पालहरु हटाएर हेलिकप्टर बस्ने व्यवस्था मिलाइएको खारे– ७ का मानबहादुर श्रेष्ठले बताए । सुरक्षाको दृष्टिले सेनाको ब्यारेक बसेको स्थान गाविसको वडा नं. ४ मा सामाग्री झार्ने सेनाले जानकारी दियो । तर, उक्त सामान गाविसको वडा नं. ३ मा बेवारिसे फालिदिएपछि कतिपय फुट्यो भने कतिपय हराएको गुनासो सहयोगदाताहरुको छ । ‘त्यसरी फाल्ने भए नल्याएको भए हुन्थ्यो भनेर हेलिकप्टरभित्रैबाट कराएा तर सुनुवाइ भएन,’ निमपासाङले आक्रोशित हुादै भने, ‘हाम्रो पैसा पनि नाश, जनताले पनि पाएनन् ।’

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हेलिकप्टरले गडबडी गरेकोले केही सामान बिग्रिएको खबर पाएको बताएका छन् । हेलिकप्टरले शुक्रबार पौने दश बजे १ सय ६० लिटर तेल, १ सय ९० वटा त्रिपाल बोकेको थियो । काठमाडौंबाटै ल्याएको ८ सय केजी चामल पनि थियो । निमपासाङका अनुसार उक्त सामाग्री करिब ५० मिटरमाथिबाटै फालियो । उनले भने, ‘तलतिर हेर्दा मानिसहरु साना साना देखिन्थे, अर्को वडामा रहेको सेनाहरु माथि डाडााबाट हाम्फाल्दै सामान फालिएको स्थानतिर दौडिएको देखिन्थे । ‘त्यसरी दौडदा र सामान फाल्दा बेकारमा जनताले रोपेको मकैमात्र नष्ट भयो उपलब्धि भएन,’ बीरबहादुर तमाङले गुनासो गरे ।

स्थानीयका अनुसार खसालिएको सामानमध्ये १ सय ८० वटा त्रिपाल सेनाले भेटेर राखेको छ । सग्ला रहेका केही तेलहरु चाहिा वडा नं. ३ मै बााडिएको छ । घटनाको छानबिन गरिने प्रजिअ लामिछानेले कान्तिपुरलाई बताए ।

0 comments

Write Down Your Responses