काठमाडौं, जेठ १९ – एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एक महिनाभित्र नयाँ संविधान र राष्ट्रिय सरकारका बनाउने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । गोरखा, दर्बुङमा आयोजित एक कार्यक्रमा उनले बोल्दै सो कुरा बताएका हुन् । डा. भट्टराईले राष्ट्रिय विपत्तिमा सरकार प्रभावकारी नभएको र सुशील कोइरालाको सरकार कछुवाको गतिमा अगाडि बढेको आलोचना समेत गरे । भट्टराईले सातदिनभित्र कुन–कुन ठाउँमा बस्ती बस्न योग्य छैन, त्यो ठाउँको लिस्ट बनाएर राम्रो पुनर्वासको निर्माण गरिदिने पनि बताए ।
पूर्वप्रधानमन्त्री भट्टराइले भने, ‘भूकम्पबाट सुकुम्बासी बनेकाहरुलाई घडेरीसहित राम्रो पुनः निर्माणमा सहयोग गर्ने र आर्थिक अवस्था राम्रो भएकालाई सहुलियतमा ऋण दिने व्यवस्था मिलाउने बताए ।’
यसैबीच बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढिरहेको बेला उनले भने, ‘३५००० हजार घरधुरी बुढिगण्डकीबाट प्रभावित हुन्छन् । तिनीहरुलाई यही समयमा सरकारले राम्रोसँग स्थान्तरण गर्नुपर्ने समेत बताए ।’
दर्बुङवासीहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘राष्ट्रिय राजनीतिका कारण आफ्नो क्षेत्र गोरखामा समयको अभावले समयमा आउन सकिन, अन्यथा नलिइदिनु भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा पार्टीका सिसिएम महेश्वर गहतराजले भने, ‘भूकम्पका कारण जनतालाई राहत वितरण गरिरहेका छौं । अब सबैजना टहराबाट भएपनि कृषितर्फ फर्कनुपर्छ, नत्र हाइटीको जस्तो नेपालको हालत हुने बताए ।’ कार्यक्रममा अतिथि सभासद् हरि ज्ञवाली, गोरखाका पूर्व सांसद ज्ञानेन्द्र कुमाल, हरि शेर्पाली, गोरखा जिल्लाका इन्चार्ज अमर तमूलगायतको उपस्थिति रहेको थियो ।
बाँकेबाट महेश्वर गहतराजको नेतृत्वमा आएको टोलीले गोरखामा ४ वटा विद्यालय, प्रायःसबैको घरमा पुरिएका अन्नपात निकाल्ने काम र अस्थायी टहारा निर्माण गरिदिएको छ । हिजो मात्र नै फुजेल गाविसमा रहेको भैरवा श्रम उमावि विद्यालय निर्माण गरेर आएका हुन् ।
एक महिनाभित्रमा नयाँ संविधान र राष्ट्रिय सरकार बनाउनुपर्ने : भट्टराई
0 comments
Write Down Your Responses