भारतीय दुताबासलाई तेल दान गरेको समाचार विश्वब्यापी हेडलाइन

नाकाबन्दी लगाएको भारतकै दुताबासलाई नेपालीहरुले तेल दान दिएको समाचारले विश्वभरी चर्चा पाएको छ ।

भारतीय सञ्चार माध्यममा मात्र नभएर नेपालीहरुको विद्रोह विविसी लगायतका सञ्चार माध्यममा समेत यो समाचारले चर्चा पाएको छ ।भारतको ज्यादती विरुद्ध सामाजिक सञ्जालबाटै विद्रोह गर्ने गरेका नेपालीहरुले बुधबार भारतीय दुताबासलाई तेल दान गरौं अर्थात #DonateOilToIndianEmbassy ह्याश ट्याग राखेर शुरु गरेको ट्रे्ण्डिङ एकै छिनमा नम्बर १ भएको थियो ।विविसीको अनलाइन संस्करणमा प्रकाशित सामग्री

नेपालमाथि नाकाबन्दी लगाएर भारतीय दुताबासले नेपाल आयलनिगम सँग इन्धन मागेपछि नेपाली ट्वीटेहरुको विद्रोह शुरु भएको थियो । ट्वीटर प्रयोगकर्ताहरुले बुधबार दिउसो भारतीय दुताबासलाई तेल प्रदान गर्न दुताबास पुगेका थिए ।

नाकाबन्दी विरुद्ध विद्रोह, #DonateOilToIndianEmbassy १ नम्बर ट्रेण्डिङ|नेपालीहरुको गान्धीबादी यो विरोधको चर्चा संसार भरी भएको छ भने भारतको भने अन्तराष्ट्रियरुपमा बेइज्जत भएको विश्लेषकहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses