प्रचण्डलाई मदन भण्डारी बनाई दिने धम्की, सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई तीन पटक मार्ने धम्की आएको खुल्न आएको छ । संविधान घोषणपछि ल्याण्डनम्वरमा तीन पटक फोन गरि कहाँ छ प्रचण्ड त्यसलाई मदन भण्डारी बनाई दिन्छौ, भन्दै मार्ने धम्की दिएको लाजिम्पाट स्रोतले जनाएको छ ।

फरक फरक भाषा प्रयोग गरि प्रचण्डलाई मार्ने धम्की आएपछि प्रचण्ड निवासको सुरक्षा व्यवस्था कडा बनाईको पनि स्रोत बताएको छ । मदन भण्डारीको बाटो रोज्ने की चुप लागेर बस्ने जस्ता धम्की दिएको बताईएको छ । यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड‘ले प्रधानमन्त्री र राष्ट्रपति बन्ने प्रस्ताव आएको र नमानेपछि ठूलै शक्तिबाट ठूलै धम्की आएको समेत रहस्य खोलेका छन् ।

उनले धम्कीको अर्थ आफूलाई मार्ने, पार्टी फुटाउने वा आफूहरुलाई लडाकुलाई दिइएको २० अर्बको मुद्धा लगाउने हुनसक्ने समेत बताए । प्रचण्डले ठुलो शक्तिसँग आफु मर्न पनि तयार भएको र मुद्धा खेपेर जेल बस्न पनि तयार भएको तर आफ्नो पार्टीका नेतालाई ठूलो रकम दिएर ठूला नेताको दिमाग खराब गरेर पार्टी फुटाउने काममा आफु नलाग्ने र उसलाई पनि नलाग्न चुनौती दिएको रहस्य खोलेका छन् ।

अब नयाँ तरिकारले पार्टी निर्माणतिर लाग्ने बताएका छन् । संविधान निर्माणका लागि आफूहरु पार्टीलाई वेवास्ता गरेर लागेको स्वीकार गर्दै प्रचण्डले भने अहिले सम्म जे भयो, भयो अब अर्को निर्वाचनसम्ममा आफ्नो पार्टीलाई नम्बर एक बनाइछाड्ने बताए ।

सुनसरीको इटहरीमा बुधबार भएको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम भट्राई प्रति लक्षित गर्दै भने एक दुई जनाले पार्टी छोड्दैमा एमाओवादी टुहुरो हुँदैन अब पुर्नगठनमा हामीले परै समय लगाउँछौँ । प्रचण्डले बाबुरामले दिएको राजिनामा संसदमा स्वीकृत हुनबाट आफैले रोकेको समेत रहस्यउद्घाटन गरे ।

भट्टराईलाई आउँदो केन्द्रिय समितिको बैठकसम्म पर्खिने र त्यसपछि मात्र उनको राजिनामा र उनले अंगालेको सिद्धान्तको चर्चा गर्ने प्रचण्डको कथन छ । उनले भने बाबुरामजीले हिजो अस्ती कता कता बोल्दै हुनुहुन्थ्यो, त्यस्तरी तलै उत्रिएर बोल्ने पक्षमा हामी अहिले छँदै छैनौं,

0 comments

Write Down Your Responses