बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

कार्तिक ८, २०७२- बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका– ९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो । शुक्रबार राति रानाले बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए। उजुरीका आधारमा रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए । पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको विवरण आएपछि रानामाथि थप अनुसन्धान गरिने बताइएको छ । रासस




Sourses:Ekantipur

0 comments

Write Down Your Responses