राष्ट्रपतिमा सहमतिका लागि भोलीसम्मको समय, निर्वाचन कार्तिक ११ गते

काठमाडौं – व्यवस्थापिका संसद् सचिवालयले राष्ट्रपति निर्वाचनको कार्यतालिका तय गरेको छ । शनिबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले निर्वाचनको मिति घोषणा गरेकी हुन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते ४ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिइन् ।

उहाँले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा (१) बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिन् ।

साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिइन् ।

त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेकी थिइन् ।

सभामुखमा निर्वाचित भएपछि उनले सञ्चालन गरेको यो पहिलो बैठक हो

0 comments

Write Down Your Responses