इन्धन आपुर्ति गर्न प्रधानमन्त्रीकै नेतृत्वमा वार्ता टोली- मन्त्रिपरिषद भिडियो सहित

सरकारले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन आपुर्तिको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरीय वार्ता टोली बनाएर भारतसँग कुरा गर्ने निर्णय गरेको छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)इन्धनको आपुर्ति सहज हुने संकेत देखिएपनि भारतीय आयल निगमले तेल दिन आनाकानी गरेपछि मन्त्रीपरिषदले यस्तो निर्णय गरेको हो । सरकारले भारतबाहेक अन्यत्रबाट इन्धन ल्याउने पहल थाल्ने निर्णय पनि गरेको छ ।

मन्त्री परिषदको बैठकले आन्दोलनरत मधेशवादी दलहरुलाई वार्तामा आउन लिखित आह्वान गर्ने निर्णय गरेको छ ।मन्त्रीपरिषदले प्रधानमन्त्रीको प्र‍ेस सल्लाहकारमा प्रमोद दाहाल र इन्द्र भण्डारीलाई स्वकीय सचिवमा नियुक्त गरेको छ । यस अघि भारतसँग वार्ता गर्ने जिम्मा परराष्ट्रमन्त्री कमल थापालाई दिइएको थियो ।




0 comments

Write Down Your Responses