तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री आज , कुन पार्टीबाट को–को बन्दै छन् मन्त्री

तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री आज , कुन पार्टीबाट को–को बन्दै छन् मन्त्री काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबार नै ओलीले तीन उपप्रधानमन्त्री र केही मन्त्रीलाई शपथ दिनेछन् ।उपप्रधानमन्त्रीमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा वा सचिव टोपबहादुर रायमाझी (गृह), राप्रपा नेपालका अध्यक्ष कमल थापा पराराष्ट्र र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार (भौतिक यातायात तथा पूर्वाधार)ले शपथ लिने स्रोतले जानकारी दियो ।एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेललगायत नौ मन्त्री एमालेबाट बन्ने भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



0 comments

Write Down Your Responses