चीनबाट सिमेन्ट पनि आयो

चीन सरकारद्वारा मुस्ताङवासीलाई उपलब्ध गराउन ५६ सय बोरा सिमेन्ट कोरला नाकामा आइपुगेको छ।निर्माण सामग्री छड, जस्तापाता र खाद्यान्न पनि छिट्टै कोरला नाका हुँदै लोमान्थाङ आउने क्रममा रहेको जिल्ला विकास समिति मुस्ताङका योजना अधिकृत जीवन ज्ञवालीले बताए।प्रत्येक वर्ष हिउँ पर्नुअघि दुर्गम हिमाली जिल्लामा खाद्यान्न संकट नहोस् भन्ने उद्देश्यले चीन सरकारले उपलब्ध गराउने नियमित सहयोगअन्तर्गत खाद्यान्न आउने क्रम पनि सुरु भएको छ।उपल्लो मुस्ताङका ६ गाविस छोनुप, छोसेर, लोमान्थाङ, घमी, चराङ, सुरखाङको मागअनुसार जिविस मुस्ताङको सिफारिसमा खाद्यान्न आउने क्रम सुरु भएको हो। विगतका वर्षमा निर्माण सामग्री नआउने भए पनि यस वर्ष भूकम्प प्रभावित विद्यालय, सामुदायिक भवनका लागि गाविसको मागअनुसार तिब्बत सरकारले निर्माण सामग्री उपलब्ध गराउन लागेको अधिकृत ज्ञवालीले बताए।

नाकासम्म ल्याएर स्टोर गरेको सिमेन्ट हस्तान्तरण गर्न बाँकी छ । खाद्यान्न र छड आउने क्रममा रहेकाले कति परिणाममा आउँछ भन्ने कुरा हस्तान्तरणपछि मात्रै यकिन हुने उनले बताए।

हिमाली जिल्लामा हिउँदमा खाद्यान्नको संकट नपरोस् भनेर चीनले उपलब्ध गराउने नियमित सहयोगअनुसार केही सामग्री आइसकेको र केही आउने क्रममा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।




0 comments

Write Down Your Responses