अव आमने सामनेः ओलीको बोली र रञ्जित रे को रवाफ

भारतीय राजदुत रञ्जित रेको पछिल्लो बोलिले भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउने कुनै मनसाय नरहेको र भारतको बदनामी गर्न खोज्दैमा नहच्किने संकेत दिएपछि अव भारतीय दुताबास काठमाडौंबाट बालुवाटारसँग आमने सामाने हुन खोजेको प्रष्टिएको छ ।

मन नपरेको संविधान अस्वीकार गरेको भारतले अव मन नपरेको ओली सरकारलाई पनि लामो समय सहन नसक्ने संकेत समेत दिएको छ । आधिकारिकता पुष्टि नभएको भारतीयनाका खुल्ने हल्लालाई नै प्रचारमा ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राजदुतले सबैभन्दा बढी फितलो पुष्टी गर्न खोजेको देखिन्छ । भारतीय राजदुत र प्रधानमन्त्रीबीच अव घुमाउरो जुहारी शुरु भएको छ ।




ओली- रे अप्रत्यक्ष जुहारीः लैनचौर- बालुवाटार टकराव

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नाकाबन्दी खुल्ने जानकारी पाएको भन्दै हर्षित मुद्रामा सचिवहरुलाई तयार रहन निर्देशन दिए । उनले नाकाबन्दी खुल्ने अपेक्षाकैबीच राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत तय गरेका थिए । तर भारतले पुनः झुक्काएको निष्कर्ष सहित मंगलबार हुने भनिएको उनको सम्बोधन अन्तिम समयमा आएर स्थगित हुन पुग्यो ।

दिउसो भारतीय राजदुतलाई भेटेका प्रधानमन्त्री ओलीले साँझ एक कार्यक्रममा भने- नेपाल सगरमाथाको देश हो, शिर निहुराउने काम गर्दैन । नेपालले घुँडा टेक्दैन । प्रधानमन्त्री ओलीले पालले खुट्टा नकमाउने र शीर नझुकाउँदैन भन्दै सगरमाथाको देश उचो शिर राखेर अघि बढ्ने बताएर दिल्लीसँग रिस पोखे ।


मंगलबार साँझ नै ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर चारै सुरक्षा निकायलाई नाकाबन्दी पछिको अवस्थामा सबै कुरा विचार गरेर सुरक्षा योजना बनाउन निर्देशन दिएका छन ।मंगलबार राजधानीमा बोल्दै राजदुत रे ले भने,‘ नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिसत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’ यो भनाइसँगै भारतीय राजदुतले नेपालका जनता मात्र नभएर प्रधानमन्त्री समेत हल्लाका भरमा बोल्ने गरेको भन्ने शैलीमा कडा डाइलग दिए ।
भारतले युद्धमा नगरेको ब्यवहार नेपालमाथि गरिरहेको भन्ने प्रधानमन्त्रीको भनाइलाई पनि भारतीय राजदुतले खरो जवाफ दिएका छन् । उनले भने ,‘ हामी नेपालको दुस्मन होईन मित्र हौ । हामी नेपालको अहित चाहँदैनौ । नेपालका नोक्सान भए भारतमा पनि असर पर्छ । नेपालमा पीडा भए भारत पनि खुसी हुन सक्दैन । लडाई गरेर दुबै देशको हित हुँदैन । मिलेर जानु पर्छ ।’ उनले थपे,‘ भुकम्पको बेला सहयोग गर्दा पनि ‘गो ब्याक ईण्डियन मिडिया’ भने हामीले केही भनेनौ र अहिले पनि ‘ गो ब्याक ईण्डिया’ भनिदैछ । यस्तो भावना बढाएर नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । यो नेपालको हितमा छैन।’

निरिह सरकारः उन्मुक्त राजदुत

हरेक देशको सम्बन्धमा कुटनीतिक मर्यादा भित्र मात्र बोल्न र ब्यवहार देखाउन पाइन्छ । भारत संसारभरीका देशमा कमजोर कुटनीतिक हैसियतकै मानिन्छ । नेपाल मात्र एक त्यस्तो देश हो जहाँ भारतीय राजदुतले आफूलाई विश्व शक्तिकोरुपमा पाउँछ र त्यसै अनुसार दादागिरीपूर्ण ब्यवहार प्रदर्शन गर्दछ । मंगलबारको पत्रकार सम्मेलनमा राजदुत रे को प्रष्ट संकेत नेपालका प्रधानमन्त्री भारत विरुद्ध प्रचारवाजीमा उत्रिएको हामीलाई मन परेको छैन भन्ने हो ।


नेपालका उपप्रधानमन्त्री देखि मन्त्रीहरुले बोलेका हरेक कुराका खण्डन प्रकाशित गरिरहेको भारतीय दुताबास लैनचौरबाट बालुवाटारसँग टक्कर गरिरहेको छ । तर एक पत्रकारमाझ नेपालमाथि नाकाबन्दी गरिरहेको देशका राजदुतले बोलेका कुराबारे खण्डन गर्ने वा प्रतिवाद गर्ने हैसियत नेपालको परराष्ट्र मन्त्रालयले देखाउन सकेको देखिँदैन । नेपालमा समस्या छन् यसो छ उसो छ भन्दै हिड्ने र उपदेश समेत दिने छुट भारतीय राजदुतलाई अहिलेको अवस्थामा समेत हुनुले हाम्रो देशको कुटनीतिक निरिहता र निम्छरो अवस्था थप पुष्टिएको छ ।

आमने सामनेको संकेत

भारतीय राजदुत रे को रबैया र प्रधानमन्त्री ओलीको बोलीले भारत र नेपालबीचको समस्या समाधान उन्मुख भन्दा पनि झनै अफ्ठेरो अवस्थामा पुगेको संकेत देखिएको छ । राजदुत रे ले नाकाबन्दी पूर्वको भारतीय विदेशमन्त्रालयका विज्ञप्तिमा रहेका भाषा दोहोर्‍याउनु र नेपालका प्रधानममन्त्री समेत हल्लाका भरमा चल्छन् भन्ने संकेत दिन खोज्नु झनै गम्भिर विषय हो ।


प्रधानमन्त्री ओलीले पनि कुटनीतिक समाधानमा कौशलता देखाउने भन्दा पनि आक्रोशित अभिब्यक्ति आफै र उपप्रधान तथा मन्त्रीहरु समेतबाट प्रर्वर्द्धन गराउन खोज्नु नेपालका लागि घातक हुने देखिएको छ । बैकल्पिक आपुर्तिका लागि ठोस कदम चाल्न पनि नसक्ने र ८० प्रतिशत आपुर्ति निर्भरता रहेको भारतसँग निहुँ खोज्ने मात्र शैलीमा प्रदर्शन हुने सरकार तथा जसरी भएपनि घाँटी अठ्ठाएर आफ्नो इगो साध्न खोज्ने भारतीय रबैयाले नेपाल र भारतबीच दीर्घकाल सम्म सल्टिन नसक्ने खाडल पैदा हुने सम्भावना बढेको छ

,

0 comments

Write Down Your Responses