मधेसी मोर्चामा पैसाकै कारण विवाद

सीमांकनप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको तीन महिना पुगेको छ । यसबीचमा आन्दोलनकारी दलहरुले खर्चको जोहो कसरी गरे र त्यसको हिसाबकिताब के छ त ? भन्ने गम्भीर प्रश्न बाहिर मात्रै होइन आन्तरिक रुपमा समेत उठ्न थालेका छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।मोर्चामा आबद्ध नेताहरुले जसले जता भेट्यो त्यसै पैसा उठाउने र आफैंले झ्वाम पार्न थालेपछि नेतृत्व पंक्तिमै मनमुटावको अवस्था सिर्जना भएको मोर्चा सम्बद्ध स्रोतले बताएको छ । मोर्चाले गरेको आन्दोलनलाई कारण देखाउँदै भारतले दुई महिनादेखि अघोषित नाकाबन्दी कायमै राख्दा जनजीवन थप कष्टकर बन्न पुगेको छ । तर मोर्चा र सरकारको अडान यथावत् भएकोले अझै सहमति कायम हुन सकेको छैन । तीन महिना लामो आन्दोलनको क्रममा ४६ जनाको मृत्यु भएको छ ।





0 comments

Write Down Your Responses