चक्लेट दिने बहानामा ५ वर्षिय बालिकाको बलात्कार|

काभेपलाञ्चोक जिल्लामा बलात्कारका केही घटना सेलाउन नपाउँदै पाँच वर्षीया बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक महिला तथा बालबालिका सेलकी प्रमुख प्रहरी नायब निरीक्षक सीता श्रेष्ठले दिएको जानकारी अनुसार मेंथिनकोट गाविस–६ मा स्थानीय इँटाभट्टामा काम गर्ने ३२ वर्षीय राजु विकले ती बालिकालाई बलात्कार गरेका थिए । उनले घरमा पीडितका बाबुआमा नभएको मौका छोपी चक्लेट दिने प्रलोभनमा पारेर बलात्कार गरेको पीडितले प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख छ । अभियुक्त विकलाई जबर्जस्ती करणी मुद्दा लगाएर हिरासतमा लिइएको छ । जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा जबर्जस्ती करणीसम्बन्धी १९ वटा घटना जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता भएका छन् ।

0 comments

Write Down Your Responses